डुवर्सकन्यामा आरजी कर घटनाको विरोधमा ७ बुँदे ज्ञापन

डुवर्सकन्यामा आरजी कर घटनाको विरोधमा ७ बुँदे ज्ञापन


कालचिनीः पश्चिम बङ्गाल राज्य कोर्डिनेशन कमिटीको अलिपुरद्वार जिल्ला नेताहरूले बिहीबार दिउँसो ३ बजे डुवर्सकन्या जिल्ला प्रशासन भवनमा ज्ञापन पत्र सुम्पियो। पश्चिम बङ्गाल राज्य कोर्डिनेशन कमिटीका अलिपुरद्वार जिल्ला नेताहरूले अलिपुरद्वार कोर्ट स्टाफ भवनबाट विरोध जुलुस निकालेका थिए।
आरजी कर घटनाका दोषीलाई गिरफ्तार गरी दण्डनीय सजायको माग, विभिन्न सरकारी कर्मचारीको महँगी भत्ताको माग र रिक्त पदमा नियुक्तिको मागलगायतका सात बुँदे माग गर्दै उक्त विरोध र्‍याली निकालिएको थियो।विरोध र्‍यालीले सहरको परिक्रमा गर्दै अलिपुरद्वारको जिल्ला प्रशासनिक भवन डुवर्सकन्याको अगाडि पुगेर ऱ्याली समापन गरेको थियो भने त्यसपछि, संगठनका प्रतिनिधिहरूले अतिरिक्त जिल्ला शासक मार्फत अलिपुरद्वार जिल्ला शासकलाई सात बुँदे माग सुम्पिएको पश्चिम बंगाल राज्य कोर्डिनेशन कमिटीका राज्य सेक्रेटेरिएट सदस्य सिउली सरकारले जनाएकी छन्।

याे पनि हेर्नुस्


AMAZON

Lakme 9TO5 Primer + Matte Lip

Lakme 9TO5 Primer + Matte Lip Color MP7 Blushing Nude, 3.6 g

Buy Now

Leave a comment