डुवर्सका कवि पितृ शोकमा


दलसिंहपाडा : जयगाउँ थाना अन्तर्गत पर्ने दलसिंहपाडाका युवा कवि तथा पत्रकार साथै माटोकुरी डिजिटलका संस्थापक दुर्गा राई चामलिङका पिता दिलबहादुर राईको ६९ वर्षको उमेरमा निधन भएको छ। लामो समयदेखि विभिन्न स्वास्थ्य समस्याबाट पीडित रहँदै आएका राईको सोमबार अबेर राति आफ्नै निवासमा निधन भयो। अन्तिम संस्कार किराती परम्पराअनुसार सम्पन्न गरिएको परिवारले जनाएको छ। स्व. दिलबहादुर राईले आफ्नी श्रीमती दिलमाया राई, छोराहरू शशि राई र दुर्गा राई चामलिङ, छोरीहरू मन्सु राई, मिनु राई, जुवाइँ सुभाष राई सहित नाती–नातिनीहरूलाई आफ्नो स्मृतिमा छोडी गएका छन्। उनको निधनप्रति डुवर्स नेपाली साहित्य विकास समिति अध्यक्ष अबीर खालिङ, साहित्यकार दुर्गा चामलिङ, आशबहादुर लिम्बु, सागर राई देवन, सृजनशील समूहका अध्यक्ष महिपल सुब्बा, महासचिव ज्ञानलाल दर्नाल, युवा कवि चन्दन भट्टराई , पत्रकार प्रदिप लामा, डुवर्स किरात राई समाज संस्कृति साहित्य समितिका महासचिव प्रशान्त थुलुङ, संयुक्त सचिव दुर्गा थुलुङ लगायतका पदाधिकारीहरूले श्रद्धाञ्जली अर्पण गरेका छन्।
यसैगरी नेपाली साहित्य प्रतिष्ठान, डुवर्सका अध्यक्ष कमल शर्मा, कवि लवकुमार भुजेल, दलसिंहपाडा रणबहादुर बस्तीका पञ्चायत सदस्य कान्छा लामा, चमर्चीबाट समाजसेवी बुलबुल लामा, सङ्गीतकार स्टेफेन छेत्री, गायक रूपन राई, शिक्षक दानियल छेत्री, कवि तथा आर.जे. सञ्जय प्रधानलगायतले स्व. दिलबहादुर राईलाई श्रद्धाञ्जली अर्पण गर्दै अन्तिम संस्कारमा सामेल भएका थिए ।

Leave a comment