दुर्गा पूजाको भर्चुअल उद्घाटन

दुर्गा पूजाको भर्चुअल उद्घाटन


कालचिनी : दुर्गा पूजाको भर्चुअल उद्घाटन गर्ने क्रममा शुक्रबार कालचिनी एथलेटिक क्लबको पूजा उद्घाटन पनि सम्पन्न भयो।
मुख्यमन्त्री ममता ब्यानर्जीको करकमलबाट बङ्गालको सम्पूर्ण पूजा पण्डालको उद्घाटनको क्रममा शुक्रबार कालचिनी एथलेटिक क्लबमा तृणमूल कालचिनी ब्लक सभापति असीम पाख्रिन, कालचिनी बीडीओ, कालचिनी थाना प्रभारी गौरव हाँसदा, जिल्ला परिषदका कर्माध्याक्ष भारती कुजूर महली, गणेश महली, तृणमूल कालचिनी ब्लक उपाध्यक्ष ओमदास लोहार, तृणमूल कालचिनी ब्लक युवा सभापति पवन योल्मोलगायत अन्यान्य जनप्रतिनिधि एवम् अतिथिहरू अनि क्लबको पदाधिकारीगणको उपस्थितिमा भर्चुअल उद्घाटन सम्पन्न भयो।
उक्त अवसरमा क्लबको सदस्य नारायण साहार सुमित गोयल र सुब्रत घोषले एथलेटिक क्लबले यो ७२औँ दुर्गा पूजा महोत्सव पालन गरिरहेको जानकारी गराउँदै पुजाको मुख्य थीम नै सपनाको राजा हाँस रहेको बताए। यता भर्चुअल उद्घाटनमा उपस्थिति दिएपछि तृणमूल कालचिनी ब्लक सभापति असीम पाख्रिनले माता दुर्गा पूजाको मनोरम क्षण अनि महत्वपूर्ण महोत्सवलाई स्वयम् मुख्यमन्त्री ममता ब्यानर्जीले एकसाथ भर्चुअल उद्घाटन गर्ने क्रममा कालचिनीमा आफूहरू उपस्थित हुन पाउँदा गर्व महसूस भएको र पूजाको समय सम्पूर्ण प्रशासनिक मदत र शान्ति श्रृङ्खलामा सबैले एक अर्कामा सहयोग गर्ने आह्वान गरेका छन्।

याे पनि हेर्नुस्


Leave a comment