एफपीएआईको पत्रकार सम्मेलन

एफपीएआईको पत्रकार सम्मेलन


कालचिनीः फेमिली प्लानिङ एसोसिएसन अफ इन्डिया, कालचिनी शाखाको आयोजनामा बिहीबार पत्रकार सम्मेलन सम्पन्न गर्दै भारतमा यौन र प्रजनन स्वास्थ्यमाथि भइरहेको कामको व्याखा शाखाका प्रबन्धक तुषार चक्रवर्ती र काउन्सिलर छन्दा चक्रवर्तीले गरे।
यौन र प्रजनन स्वास्थ्य जानकारी र सेवाहरूको अधिकारलाई अगाडि बढाउन १९४९ सालदेखि एफपीएआईले गरेको काम र अलिपुरद्वार जिल्लाको कालचिनी खण्डको दुर्गम गाउँ बस्ती एवम् चियाकमाने गाउँहरूमा एसआरएच सेवा पुऱ्याउन काम सम्बन्धमा पत्रकारहरूलाई अवगत गराइएको थियो। एफपीएआईले परिवार नियोजन, एचआईभी रोकथाम, मातृ स्वास्थ्य, र किशोर यौन स्वास्थ्य शिक्षा सहित सेवाहरूको विस्तृत श्रृङ्खलामा गरिने कामको अवगत तुषार चक्रवर्तीले गरेको थियो भने विश्वव्यापी मानवीय सङ्कटले प्राकृतिक प्रकोप, जलवायु परिवर्तन, सशस्त्र द्वन्द्व, महामारी, जटिल आपतकालिन अवस्थामा सङ्कटमा महिला र बालिकाको प्रजनन स्वास्थ्य हेरचाहमा एमआईएसपी अन्तर्गत एसआरएच सेवाको कार्यहरूमाथि काउन्सिलर छन्दा चक्रवर्तीले प्रकास पारेकी थिईन्।
प्राकृतिक प्रकोप अनि सङ्कटकालीन अवस्थामा गोप्य र सुरक्षित यौन तथा प्रजनन स्वास्थ्य सेवामा भारतको एफपीएआईले देशभरी मानवीय सङ्कटलाई सम्बोधन गर्न महत्त्वपूर्ण भूमिका खेल्दै प्रजनन स्वास्थ्यको लागि न्यूनतम प्रारम्भिक सेवा प्याकेज (एमआईएसपी) को कार्यान्वयन मार्फत प्राकृतिक प्रकोप, द्वन्द्व र अन्य आपतकालिनबाट प्रभावित कमजोर जनसङ्ख्यालाई महत्त्वपूर्ण सहयोग प्रदान गरेको पत्रकार सम्मेलनमा बताइएको थियो। पत्रकार सम्मेलनमा एफपीएआईको पक्षबाट तुषार चक्रवर्ती र छन्दा चक्रवर्तीले हालैका वर्षहरूमा धेरै महत्त्वपूर्ण मानवीय सङ्कटहरूमा एमआईएसपी सफलतापूर्वक लागू गरेको उल्लेख गर्दै केरला र भुवनेश्वरको बाढी र चक्रवात प्रभावित क्षेत्रहरूमा, एफपीएआई भारतले प्रजनन स्वास्थ्य सेवाहरू अवरुद्ध नहुने सुनिश्चित गर्न द्रुत प्रतिक्रिया टोलीहरू खटाएको बताउँदै उक्त सेवाहरूमा सुरक्षित डेलिभरी किटहरू उपलब्ध गराउने, गर्भनिरोधकहरूको पहुँच सुनिश्चित गर्ने र लैङ्गिक-आधारित तथा यौन हिंसाबाट बचेकाहरूलाई मनोसामाजिक सहयोग प्रदान गरिएको जानकारी पनि गराएको थियो। कोभिड १९ महामारीको समयमा, एफपीएआईले एसआरएच सेवाहरूमा रहेको कमीलाई हटाउन आफ्ना स्रोतहरू परिचालन गरिएको एवम् मणिपुरको द्वन्द्व सङ्कटमा अस्थायी स्वास्थ्य शिविरहरू स्थापना गरेर, आपतकालीन गर्भनिरोधक उपलब्ध गराएको र मणिपुरमा विस्थापित जनसङ्ख्याको प्रजनन स्वास्थ्य आवश्यकताहरूलाई ध्यानमा राखेर द्वन्द्व प्रभावित क्षेत्रहरूमा समुदायहरूलाई सहयोगिता प्रदान गरेको पनि पत्रकार सम्मेलनमा बताइएको थियो। सङ्कटको समयमा यौन प्रजनन स्वास्थ्य अर्थात एसआरएच सेवाहरू सुनिश्चित गर्न स्थानीय सरकार, अन्तर्राष्ट्रिय साझेदारहरू र अन्य गैर-सरकारी संस्थाहरूसँग नजिकबाट काम गर्दै एमआईएसपी पहल गर्न महत्वपूर्ण भूमिका खेलेको अनि स्वास्थ्यकर्मीहरू र सीएसओ साझेदारहरूलाई एमआईएसपी प्रोटोकलहरूमा तालिम गरेर एसआरएच सेवाहरू व्यवस्थापन गर्न सशक्त बनाएको पत्रकार सम्मेलनमा बताइएको थियो।

याे पनि हेर्नुस्


AMAZON

Lakme 9TO5 Primer + Matte Lip

Lakme 9TO5 Primer + Matte Lip Color MP7 Blushing Nude, 3.6 g

Buy Now

Leave a comment