गरगण्ड पुलमा फेरि विपत्ति, आक्रोशित स्थानीयबासी

गरगण्ड पुलमा फेरि विपत्ति, आक्रोशित स्थानीयबासी


गरगण्डा : उत्तर–पूर्व भारतलाई जोड्ने जीवनरेखा मानिने गरगण्डा पुल फेरि एकपटक विपत्तिको चपेटामा परेको छ। बिहीबार राति लगभग १० बजे गरगन्डा नदीको पानीको सतह अचानक बढेपछि पुलको उत्तर–पश्चिम भागमा बनाइएको अस्थायी बाँध भीषण बाढीको चापले भत्किएको छ। स्थानीय स्रोतका अनुसार, केही महिनाअघि सोही क्षेत्रमा नदीको बहावले क्षति पुर्‍याएको थियो। त्यसपछि ढुङ्गाबालुवा हालेर अस्थायी मर्मत कार्य गरिएको भएपनि नयाँ निर्माणले टेवा दिन सकेन र फेरि बाँध भत्कियो। पुलको क्षतिग्रस्त पिलर वरिपरि हालिएका ढुङ्गाहरू समेत बाढीको वेगले बगाएर लगेका छन्। सबैभन्दा ठूलो त्रासको कुरा के भने, पिलर मर्मतका लागि कामदारहरूलाई बसालिएको अस्थायी आवास सो बाँधमाथि नै बनाइएको थियो। बिहीबार राति दुर्घटना हुँदा कामदारहरू ज्यान जोगाउन सफल भए, अन्यथा ठूलो मानवीय क्षति हुन सक्थ्यो।

लगभग तीन महिनादेखि उपेक्षित अवस्थामा रहेको यस महत्त्वपूर्ण पुलबारे स्थानीयवासीहरूमा तीव्र आक्रोश छ। तिनीहरूको आरोप छ—उत्तर–पूर्व भारतका सातवटा राज्यलाई जोड्ने महत्त्वपूर्ण संरचना भए पनि सरकारको तर्फबाट कुनै ठोस पहल गरिएको छैन। न्यूनस्तरीय काम, ढिलासुस्ती र अव्यवस्थापनकै कारण पटक–पटक पुल संकटमा परेको स्थानीयको दाबी छ। यस घटनाले फेरि एकपटक सरकार र निर्माण निकायप्रति गम्भीर प्रश्न उठाएको छ।

याे पनि हेर्नुस्


Leave a comment