गेट सभाको क्रममा मेचपाडामा सेन्ट्रल नेताहरूको पुतला दहन

गेट सभाको क्रममा मेचपाडामा सेन्ट्रल नेताहरूको पुतला दहन


बोनस दरले असन्तुष्ट चिया श्रमिकहरू
बोनस दरले असन्तुष्ट चिया श्रमिकहरू

कालचिनीः ए श्रेणीमा पर्ने र दुरस्त उत्पादन क्षमता राख्ने दार्जीलिङ तराई डुवर्स प्लान्टेशन लिमिटेड अधीनस्थ रहेको मेचपाडा चियाबारीमा यसपाली मात्र १५ प्रतिशत बोनसको चुक्ति यूनियनका केन्द्रिय नेताहरूले कमिशन खाएर गरेको गम्भीर आरोप मेचपाडा चियाबारीका श्रमिकहरूले कसेका छन्। १६ प्रतिशत बोनसको चुक्ति भएता पनि मेचपाडा चियाबारीमा यसपाली मात्र १५ प्रतिशत बोनसको फसेला गर्ने नेताहरूको नाम लिएर श्रमिकहरूले ५ वटा पुतला दहन गऱ्यो।
उक्त पुतला दहनको घटना सामाजिक सञ्जालमा भाइरल बन्न गएको छ भने यसले स्पष्ट रुपमा श्रमिकहरू तृणमूल, भाजपा, वाममोर्चा, बीटीडब्ल्यूयू, पीटीडब्ल्यूयू र अन्यान्य कसैसित पनि खुसी नरहेको सङ्केत दिएका छन् । कसैले यस सम्बन्धमा अघि बढेर मीडिया समक्ष वक्तव्य नदिएता पनि यो दृश्यले बोनस चुक्तिको असन्तुष्टीसितै यूनियन नेताहरूमाथि अब श्रमिकहरूले भरोसा हराएको इङ्गित गरेका छन्।

याे पनि हेर्नुस्


AMAZON

Half Sleeve Solid Casual T-Shirt

Lux Cozi Men’s Regular Fit Polo Neck Half Sleeve Solid Casual T-Shirt | Polo T-Shirt for Men

Buy Now

Leave a comment