गाउँ समाजको तर्फबाट माल अस्पतालमा फल वितरण

 मालबजारः हिज स्वतन्त्रता दिवसको उपलक्ष्यमा गाउँ समाज मालबजारको तर्फबाट माल सुपर स्पेसलिटी अस्पतालमा रोगीहरूलाई फल वितरण गऱ्यो। गाउँ समाजले यस प्रकारको सामाजिक कार्य प्रथमपल्ट गरेको थियो। प्रायः ११ बजीतिर गाउँ समाजका सदस्यहरू अस्पताल परिसरमा भेला भएर अस्पतालको वेडमा गएर नै महिला र बच्चा रोगीहरूलाई फलहरू वितरण गऱ्यो। समाजका वयोवृद्ध सदस्य छविलाल पाठकको नेतृत्वमा समाजका महिला सदस्यहरूले फल वितरण गर्नमा मुख्य भूमिका निर्वाह गरेको थियो।

गाउँ समाजका सचिव कृष्ण छेत्री र सभापति कृष्ण शर्मा, कोषाध्यक्ष नबिन थापाले भने, हामीले समाजको तर्फबाट सामाजिक कार्यहरू गर्नुपर्छ भन्ने सभाहरूतिर चर्चा पनि गरिरहेका थियौँ। यस वर्ष हाम्रो देश भारतवर्ष स्वतन्त्रत भएको ७८ औँ वर्ष पुग्यो। यसै उपलक्ष्यमा हामीले माल सुपर स्पेसलिटी अस्पतालका रोगीहरूलाई फल विरतण गर्ने निर्णय लिएका थियौँ। आज हामीले प्रायः २०० जना रोगीहरूलाई फल वितरण गऱ्यो। समाजको तर्फबाट यो प्रथम सामाजिक कार्य हो। आगामी दिनहरूमा पनि हामी यस्तो सामाजिक कार्यहरू गर्ने छौ भने।

आजको फल वितरण कार्यक्रममा सविता शर्मा, पुष्पा छेत्री, सरिता प्रधान, अनुपमा छेत्री, जानुका छेत्री, नर्वदा छेत्री, सिता शर्मा, मेनुका पाठक, रमिला पाठक, दिपक सोनार, दुर्गा शर्मा आदिको उपस्थिति रहेको थियो।

Leave a comment