गोर्खाहरूको स्थायी समाधानको लागि काम भईरहेको राजु विष्टको दाबी

गोर्खाहरूको स्थायी समाधानको लागि काम भईरहेको राजु विष्टको दाबी


कालचिनी : शनिबार कालचिनीमा सालिक अनावरण समारोहमा आइपुगेका दार्जीलिङका सांसद राजु विष्टले नेपाली भाषाको मान्यताको प्रयोग सुविधा सन्दर्भमा फेरि स्थायी समाधानको प्रसङ्ग झिकेका छन्। तिनले गोर्खाहरू अधुरो स्वतन्त्रतामा बाँच्न परिरहेको पुर्ण स्वतन्त्रताको खोजको निम्ति आफू राजनीतिमा आएको बताउँदै डुवर्स तराई पहाडलाई टुक्रा टुक्रा पारेर हेर्ने बंगाल सरकारको षडयन्त्र रहेको र डुवर्सको गोर्खाहरूले सेना, सीआरपीएफ भर्नामा छुट नपाउनु भनेको राज्य सरकारको बाधा रहेको बताए। हामीलाई पहाड, तराई र डुवर्समा फाँटो हाल्ने काम राज्य सरकारले गरिरहेको बताउँदै यो सबै समस्याको स्थायी समाधानको लागि वार्ताको तयारी चलिरहेको र विगत एक महीनादेखि दिल्ली र साङ्गठानिक सभा काम भइरहेको अवगत गराएका छन्।


तिनले आफ्नो राजनीतिमा कुनै काम नरहेको राजनीतिले ढाँट्ने काम मात्र गरिरहेको तर गोर्खा जातिको स्थायी समाधानको काममा आफू लागि परेको र यो स्थायी समाधान नै गोर्खा जातिले भारतको संविधानले दिएको अधिकार हुने बताए।
दार्जीलिङमा चलिरहेको बोनसको आन्दोलनबारे तिनले त्रिपक्षीय बैठक केवल नाटक मात्र रहेको र सरकार र मालिकपक्षको मिलीभगतले आज श्रमिकहरूले दुःख पाएको आरोप सांसद राजु विष्टले लगाएका छन्। तिनले यदि मालिक र सरकार आफैले कमानमा पत्ती टिप्न गए म २० प्रतिशतको सट्टा २५ प्रतिशत गरेर बोनस दिन्छु भन्दै श्रमिकहरूमाथि यत्रो शोषण गर्न नपाइने बताए।
चियाकमानलाई लिएर बेसी राजनीति हुँदैछ भन्दै केवल भोटब्याङ्क मात्र हेरेर राजनीति गर्नु महापाप हुने बताए। त्रिपक्षीय बैठकमा यूनियनका साथीहरू बोलेको हुनपर्छ तर त्रिपक्षीय बैठक केवल टालमटोल हो र यो सबै कुरा छोडेर श्रमिकको बोनस पाउन पर्छ र आफू श्रमिकको पक्षमा उभेर बोल्ने जनाएका छन्।

याे पनि हेर्नुस्


AMAZON

Women Regular Fit Leggings

Marks & Spencer Women Regular Fit Leggings

Buy Now

Leave a comment