हर घर तिरंगा कार्यक्रमको शुभारम्भ

कालचिनीः ७७औँ स्वाधीनता दिवसलाई केन्द्र गर्दै आजादीको अमृत महोत्सव अन्तर्गत एसएसबी ३४ वाहिनी फालाकाटा हिन्दुस्तान मोडको प्रत्येक बीओपी क्षेत्रमा हर घर तिरंगा कार्यक्रमको शुभारम्भ गरिएको जानकारी एसएसबी ३४ वाहिनी सुत्रले दिएका छन्।
एसएसबी ३४ वाहिनी फालाकाटा हिन्दुस्तान मोडका कमान्डेन्ट मनोज कुमार चन्दको दिशानिर्देशमा एसएसबी जवानहरूले हर गाउँमा तिरंगा झण्डा फहराउने जागरूकता गरेको बताइएको छ।
यस अन्तर्गत स्कूले विद्यार्थीहरूलाई लिएर ऱ्याली, तिरंगा झण्डा वितरण अनि सचेतना सम्पन्न भएको एसएसबी ३४ वाहिनी सुत्रले जनाएका छन्।

याे पनि हेर्नुस्


add

Leave a comment