हात्तीको अतिक्रमणमा दलसिंहपाडा रणबहादुर बस्तीका जनता आतङ्कित

हात्तीको अतिक्रमणमा दलसिंहपाडा रणबहादुर बस्तीका जनता आतङ्कित


दलसिंहपाडा : आज बिहान करिब ५:१५ मा दलसिंहपाडा रणबहादुर बस्तीमा कान्छा लामाको घर दोकान हात्तीले भत्काएर सरसमान नष्ट गरिदिएको छ। हरेक रात रणबहादुर बस्तीका आम मानिस त्रासको निन्द्रा निदाउन बाध्य रहेको छ। कहिले बारीमा रहेको सुपारीको बोट भाँचेर नष्ट गरिदिन्छ भने कहिले तुलफुल नष्ट गरिदिन्छ। त्यति मात्र नभएर कहिले घरमा आएर घर भत्काउनेसम्म गरेको छ। यसैले हामी दलसिंहपाडा रनबहादुर बस्तीको आम मानिस त्रासित रहेको गाउँका मिलन छेत्रीले जानकारी गराए।


कान्छा लामा यसै गाउँका पञ्चायत सदस्य रहेको र हाल उनी आफ्नो श्रीमतीको उपचारको निम्ति बेङ्गलोरमा रहेका थिए।
हाम्रो घर यसपटक लगायत पाँचपल्ट भयो भत्काएर रासिन खाइदिएको । हामी ज्यान नै जोखिममा राखेर बस्नुपर्छ भनी कान्छा लामाको छोरी प्रभा लामाले बताए।
फरेस्ट डिपार्टमेन्टबाट हामी रातभरि तैनाथ रहन्छौँ। तर बस्ती ठूलो भएको हुँदा एकापट्टि खेतमा गयो अर्कोपट्टि निस्किन्छ। रातभरि ड्युटी गरेर बिहानीपख घर पसेका हुन्छौँ घर भत्काएको खबर आइहाल्छ। भनी वन विभागका कर्मचारी बाबुल प्रधानले जानकारी गराए।

याे पनि हेर्नुस्


Leave a comment