हावडा-एस्प्लेनेड मेट्रो स्टेशन यात्रीहरूको निम्ति लगभग तयार, जीएम निरीक्षण

कोलकाता: मेट्रो रेलवे जीएम पी उदय कुमार रेड्डीले ग्रीन लाइनको एस्प्लेनेड र हावडा मेट्रो स्टेशनहरूको निरीक्षण गरे। तिनले यात्रीका सबै सुविधाको निरीक्षण गरे। यो स्टेसन सञ्चालनको लागि लगभग तयार छ। तिनले प्रवेश/निकास बिन्दुहरू, प्लेटफार्महरू, कन्कोर्स स्तरहरू, टिकट भेन्डिङ मेसिनहरू, टिकट काउन्टरहरू, स्टेशन साइनेज, दुबै स्टेशनहरूको सरसफाइ पक्षहरूको पनि निरीक्षण गरे। यस निरीक्षणको क्रममा जीएमलाई पिक आवरमा स्टेशनको यात्री व्यवस्थापन प्रणालीको बारेमा जानकारी गराइएको थियो। यस निरीक्षणको क्रममा उहाँसँग मेट्रो रेलवे र कोलकाता मेट्रो रेल कर्पोरेशन लिमिटेडका वरिष्ठ अधिकारीहरू थिए। जीएमले एस्प्लेनेड र हावडा स्टेशनहरूको समग्र व्यवस्था देखेर सन्तुष्टि व्यक्त गरे।

याे पनि हेर्नुस्

Leave a comment