हेमिल्टनगन्ज बजार क्षेत्रमा शोभायात्रा

कालचिनीः विभिन्न सचेतना एवम् सांस्कृतिक एकताको झाँकीहरूसहित मङ्गलवार फेमिली प्लानिङ एसोसिएशन अफ इन्डिया, कालचिनी शाखाले हेमिल्टनगन्ज बजार क्षेत्रमा एउटा शोभायात्रा निकाल्यो। उक्त शोभायात्रा हेमिल्टनगन्जस्थित श्यामा प्रसाद संघको परिसरबाट निस्किएको थियो। शोभायात्रामा स्कूले विद्यार्थीहरूको सहभागितासितै हातमा प्लेकार्डहरू लिएर एफपीएआईको ७५औँ वर्षगाँठको बिगुल फुकिएको थियो। उक्त शोभायात्रा निस्कन अघि एफपीएआई कालचिनी शाखाका अध्यक्ष ममता घिसिङले हरियो झण्डा देखाएर शोभायात्रा प्रस्थान गराएकी थिईन्।

उक्त अवसरमा एफपीएआई कालचिनी शाखाका प्रबन्धक तुषार चक्रवर्तीलगायत काउन्सिलर छन्दा चक्रवर्ती एवम् एफपीएआईका स्वयंसेवक अनि सदस्यहरूको उपस्थिति रहेको थियो।

Leave a comment