जयगाउँ – एक नम्बर ग्राम पञ्चायतमा तृणमूल कांग्रेसको नयाँ नेतृत्व

जयगाउँ – एक नम्बर ग्राम पञ्चायतमा तृणमूल कांग्रेसको नयाँ नेतृत्व

जयगाउँ : जयगाउँ एक नम्बर ग्राम पञ्चायत क्षेत्रबाट तृणमूल कांग्रेस सभापतिकाे रूपमा दुर्गा थुलुङ राई सर्वसम्मतिद्वारा चयनित भएका छन्। लामो समयदेखि पार्टीप्रति समर्पित र निष्ठावान सदस्यका रूपमा चिनिँदै आएका राईले सङ्गठनलाई मजबुत बनाउन विभिन्न जिम्मेवारी निर्वाह गर्दै आएका थिए। राईको राजनीतिक यात्रामा निरन्तरता, इमानदारी र कार्यशैलीको कदर गर्दै पार्टीले उनलाई सभापतिकाे महत्त्वपूर्ण जिम्मेवारी सुम्पेको हो। पार्टीले गरेको यो निर्णयलाई स्थानीय कार्यकर्ताहरूले स्वागत गरेका छन्। सभापतिमा चयन भएलगत्तै दुर्गा थुलुङ राईले यो पदलाई जिम्मेवारीका साथ निर्वाह गर्ने प्रतिबद्धता जनाउँदै भने, “पार्टीको आदर्शलाई आत्मसात गर्दै सङ्गठनलाई अझ सशक्त बनाउन, जनताको विश्वास जित्न र गाउँ समाजको समृद्धिका लागि अहोरात्र खटिनेछु।” उनले थपे, निकट भविष्यमा प्रत्येक बुथबाट नयाँ सदस्य लिएर पूर्णाङ्क अञ्चल समिति गठन गरिनेछ।

स्थानीय नेतृत्वलाई सबल बनाउन पार्टीले युवा र अनुभवी व्यक्तित्वलाई अगाडि ल्याउने नीति अनुरूप राईको चयन गरिएको बताइएको छ। पार्टीका अन्य पदाधिकारीहरूले पनि राईको नेतृत्वमा सङ्गठन अझै प्रगतिशील र सक्रिय हुने विश्वास व्यक्त गरेका छन्। यसअघि पनि उनले गाउँ समाजका विभिन्न सामाजिक तथा सांस्कृतिक गतिविधिहरूमा सक्रिय भूमिका निर्वाह गर्दै आएका थिए। तिनको इमानदार छवि, सौम्य स्वभाव र मेहनतीपनकै कारण गाउँलेहरूले समेत उनलाई नयाँ भूमिकामा सफलता मिलोस् भनेर कामना गरेका छन्। जयगाउँ एक नम्बर ग्राम पञ्चायतमा तृणमूल कांग्रेसको सङ्गठनलाई सशक्त बनाउन दुर्गा थुलुङ राईको नेतृत्व निर्णायक हुने अपेक्षा गरिएको छ।

याे पनि हेर्नुस्


Leave a comment