जयगाउँ समाज कल्याण सङ्घद्वारा भानु जयन्ती पालन

जयगाउँ समाज कल्याण सङ्घद्वारा भानु जयन्ती पालन


जयगाउँ : भारत भुटान सीमान्त क्षेत्र जयगाउँमा अवस्थित जयगाउँ समाज कल्याण सङ्घले २११औँ भानु जयन्तीको अवसरमा गोर्खा भवनको पेक्षगृहमा एक विशेष कार्यक्रमको आयोजना गर्‍यो। विहान ९ बजे सुरु भएको कार्यक्रममा पुरोहित शिवप्रसाद पौडेलद्वारा रामायण पाठ गरियो।
कार्यक्रमको सञ्चालन सङ्घका मुल सचिव पेमा रोइकाले गरेका थिए भने अध्यक्ष जीवन गुरुङको विशेष उपस्थिति रहेको थियो।
कार्यक्रममा शान्ती प्रधान, बद्री प्रधान, ज्योतिनाथ प्रधान, गणेश बहादुर प्रधान, कैलाश प्रधान, सानू लामा, सपन छेत्री, प्रदीप थापा, तुलसा थापा, संगीता सेवा, रामबहादुर प्रधान, मनि प्रधान, अशोक देवान, दिलिप दियालीलगायत समाजका विशिष्ट व्यक्तिहरूको उल्लेखनीय उपस्थिति रह्यो। कार्यक्रमले आदिकवि भानुभक्त आचार्यको साहित्यिक योगदानको स्मरण गर्दै नेपाली भाषा र संस्कृतिप्रतिको सम्मान अभिव्यक्त गर्‍यो।

याे पनि हेर्नुस्


Leave a comment