जयगाउँमा नाबालिकको शव उद्धार

जयगाउँमा नाबालिकको शव उद्धार


कालचिनीः गत ५ दिन अघि जयगाउँको एकजना ७ वर्षीय नाबालिका केटी अचानक निखोज बनेको प्रसङ्गमा जयगाउँ थानामा प्राथमिकी दर्ता भएको थियो भने निखोज बनेकी उक्त नाबालिकाको सडेगलेको शवलाई आज जयगाउँ डाल्डाबारी मार्टको झाडीबाट पुलिसले उद्धार गरेको घटनाले जयगाउँमा सनसनी मच्चिएको थियो।
उक्त नाबालिकालाई अपराधीले अपहरण गरेर हत्या गरेको आशङ्का स्थानीय मानिसहरूले गरेका छन्। शवलाई उद्धार गर्न जाँदा घटनास्थलमा मानिसहरूले अपराधीलाई खोजी निकालेर फाँसीको सजाय दिने चर्को माग गरेको थियो भने पुलिसले अपराधीको खोजी चलिरहेको आश्वासन दिएर शवलाई उद्धार गरेर थानामा ल्याएपछि पोस्टमार्टम गर्न अलिपुरद्वार पठाएको जनाएका छन्।

याे पनि हेर्नुस्


Leave a comment