कवि हरिभक्त कटुवालको पुण्य तिथि स्मृति दिवस

कवि हरिभक्त कटुवालको पुण्य तिथि स्मृति दिवस


सिलगढी : कवि हरिभक्त कटुवाल राष्ट्रिया प्रतिष्ठानद्वारा कवि हरिभक्त कटुवालको ४५ औँ पुण्य तिथिको उपलक्ष्यमा स्मृति दिवस तथा निबन्ध लेखन प्रतियोगिता एवम् पुरस्कार वितरण समारोह गान्धी मेमोरियल नेपाली हाई स्कुल बाग्डुग्रामा सम्पन्न भएको थियो ।उक्त स्मृति दिवस समारोहको सभापतित्व साहित्यकार लोकनाथ चापागाईंले गरेका थिए भने प्रमुख अतिथि साहित्यकार तथा लेखक डा गकुल सिन्ह रहेका थिए ।
कार्यक्रमको शुरूवात गणेश बन्दनाबाट भएको थियो भने स्वागत सम्बोधन प्रतिष्ठानका अध्यक्ष कृष्ण कटुवालले गरेका थिए। यसै कार्यक्रममा केही दिन अघिदेखि सञ्चालन गरेका कथा, कविता, गीत र निबन्ध लेखन अन्तर विद्यालाय स्तरको प्रतियोगिता गरेका थिए । त्यसै प्रतियोगिताको परिणामको घोषण साथै पुरस्कार वितरण पनि कार्यक्रममा रहेको थियो । गीत विधामा प्रथम विजेता नक्सलबारी नेपाली हाइ स्कुलका छात्र रञ्जित भट्टराई, दोस्रो विजेता सोही स्कुलका छात्रा आकृति प्रधान भएका थिए । कथा विधामा प्रथम विजेता कोरिडोर एकाडमी पानीट्याङ्कीका छात्र तापस भण्डारी र दोस्रो विजेता मिना अधिकारी भएका थिए । कविता विधामा प्रथम विजेता गान्धी मेमोरियल नेपाली स्कुलका छात्रा मार्था शर्मा र दोस्रो विजेता कोरिडोर एकाडमीका छात्र भएका थिए ।


नरेश कटुवाल, दिलचन्द छेत्री आदिले कविता पाठ गरे भने कवि हरिभक्त कटुवालको संक्षिप्त परिचय साहित्यकार युवराज काफ्लेले प्रस्तुत गरेका थिए। सम्पूर्ण नेपाली भाषा साहित्यलाई उन्नत दिशातिर लिएर जानु नै प्रतिष्ठानको मुख्य उद्देश्य रहेको कुरा प्रतिष्ठानका अध्यक्ष कृष्ण कटुवालले आफ्नो स्वागत सम्बोधनमा राखे । कवि कटुवालको पुण्य तिथि मनाउनु भनेको पितृ श्रद्धा गर्नु जतिकै हो । जसरी हामीले छरछिमेकीलाई बोलाएर हर्षोल्लसका साथ पितृ श्रद्धा गर्छौं त्यसरी नै हामीले कटुवालको पुण्य तिथि मनाउनु पर्छ भनि डा गोकुल सिन्हले आफ्नो मन्तव्यमा राखे ।
लतिका जोशी र ललिता जोशीद्वारा सञ्चालित सो कार्यक्रममा कवि तथा साहित्यकार ज्ञानेन्द्र खतिवडा, बि बि विश्वकर्मा, अर्जुन पियुस, मुक्तिनाथ शर्मा, राकेश शर्मा, जयप्रसाद राई, दुर्गा राई, माया छेत्री, बिक्रम विश्व आदिको विशेष उपस्थिति रहेका थिए ।

Leave a comment