कालचिनी विधायकले बोनसबारे झुटो बयान दिएको आरोप

कालचिनी विधायकले बोनसबारे झुटो बयान दिएको आरोप


कालचिनीः बुधबार सञ्चार माध्यममा कालचिनी विधायक विशाल लामाले बोनसबारे जुन बयानबाजी गरेका छन् त्यसको कुनै सत्यता नरहेको र साधारण मानिसलाई झुटो बोलेर आफू साधु बन्ने नाटक गरेको आरोप तृणमूल कालचिनी ब्लक सभापति असीम पाख्रिनले लगाएका छन्। बिहीबार तृणमूल कालचिनी ब्लक कार्यालयमा पत्रकार सम्मेलनको आयोजना गर्दै ब्लक सभापति असीम पाख्रिनले बोनसबारे कालचिनी विधायक विशाल लामाले सत्तारूढ़ तृणमूलले गर्दा २० प्रतिशतको बोनस दर घटेको झुटो कुराको खुलासा गर्दै बोनस चुक्ति त्रिपक्षीय नभएर द्विपक्षीय मालिकपक्ष सीसीपीए अनि ट्रेड यूनियनका नेताहरूबीच हुने गरेको र यसमा सरकारको कुनै संलग्नता नरहने गरेको बताए।
केवल सस्तो राजनीति गर्न जताभावी बोलेर अनि तृणमूल नेताहरूको बदख्वाँई गर्ने काम भाजपा विधायक विशाल लामाले गरिरहेको बताउँदै अरुले गर्दा बल्तकार आफूले गर्दा चमत्कार भन्दै हिँडने भाजपाको नेता अनि विधायकहरूको चरित्र जनता समक्ष उदाङ्गो भइरहेको र जनताले यसको जवाफ समयमा दिने पनि ब्लक सभापति असीम पाख्रिनले बताए। बोनस चुक्तिमा भाजपाको सांसद विधायक र नेताहरू सबै उपस्थित रहेर चुक्तिमा हस्ताक्षर गरेको तर अहिले आफू बाँच्न विधायकले घिनलाग्दो स्टन्ट गरिरहेको र सोझो कमाने श्रमिकहरूको आवेगसँग खेल्ने काम विधायकले बन्द गर्नु पर्ने नत्र तृणमूल कार्यकर्ताहरूले सडकमा ओर्लिएर यसको तिव्र प्रतिवाद गर्ने पनि चेताउनी दिए।

याे पनि हेर्नुस्


AMAZON

Lakme 9TO5 Primer + Matte Lip

Lakme 9TO5 Primer + Matte Lip Color MP7 Blushing Nude, 3.6 g

Buy Now

Leave a comment