कथा, कलियुगे कृष्ण
श्रीनारायण प्रधान
तल्लो तुङसुङ, दार्जीलिङ
कृष्णे, ऐ कृष्णे
निस्की बाहिर
घर आँगन अघि हल्ला भएको सुनेर काजीबाबु घर भित्रबाट विस्तारै बाहिर आइ चारैतिर हेर्छ। चार-पाँचजना आधाबैंसे आइमाईहरू रहिछ, निक्कै जोशमा नाक पनि च्याप्टो, पुडकी, नाके बुलाकी लाएकी आइमाई अघि सर्दै प्रश्न गर्न लागी खै तपाईको प्यारो छोरा ?
काजीबाबुले शान्त स्वरमा सोंधे – “के गर्यो त्यसले र यस्तो हो हल्ला?” अर्की आइमाई आँखातरि नाक खुम्चाउँदै भनी – “हाम्रो चेली-बेटीहरूलाई स्कूल, कलेज जाँदा पछि लाग्ने घुमाउनु लाने, नपढेर, कस्तो जमाना आयो सम्झाउनु होस् त्यसलाई?” काजीबाबुले पनि ओठे जवाब दिइहाले – “केटाले घुम्न जाउँ भन्दा नै जाइहाल्ने, त्यसले तानेर लागेको त होइन होला नी ! ओठे जवाब पाए पछि फेरि काजीबाबुले नम्र भएर भने हुन्छ म सम्झाउँछु।
यो चाहिँ वर्षेपिच्छे फेल, के गर्नु पर्ने हो भनी साँच्थे।
काजीबाबुले आसामबाट आसमी केटी विवाह गरेका थिए। सावली रङ भएकी भएर होला कृष्णे पनि सावली रङको जन्मेको थियो। काजीबाबुको आफ्नै बहिनीले पनि भनी सकेका थिए यो कृष्णेको त दन्त-मोहनी भएर होला केटीहरूको कमि नभएको यो त कलियुगे कृष्ण पो हो की ? सरकारी विद्यालयमा शिक्षिकाको रूपमा नोकरी पाएका पवित्र सुब्बा र कृष्णको चर्चा पनि गाउँ-घरसम्म पनि पुगिसकेको थियो। एकदिन दुवै फूलबारी घुम्न गएको समय अचानक यति ठूलो पानी पर्याे कि दुवै भिजेर मुसा भए।
काजीबाबुले विवाह गरेको १०/११ वर्ष भएपनि सन्तान नहुँदा उदास हुन्थे। जसले जे भने पनि पूजापाठ, तीर्थयात्रा, डाक्टरी जाँच पनि गरे। काजीबाबुलाई आफ्नो पत्नीले कानमा खुसुक्कै खुशीको खबर सुनाए, आफू गर्भवती भएको खबरले काजीबाबुले ईश्वरलाई धन्यवाद दिए।
कृष्णको जन्म भयो गाउँमा भोज पनि खुवाइयो। तर दैवको लिला कृष्ण ६ महिना हुनुभन्दा अघि उसको प्यारो आमाको हृदयगती रोकियो । देहान्त भए पश्चात् काजीबाबूको कान्छी बहिनीले विवाह नगरि बसेर कृष्णको हेरचाह गर्दै आमाको कर्तव्य निभएका थिए। उसैलाई आमा भन्थे। बहिनीले दाजुलाई तातो चिया दिँदै एउटा कुरा भनौ भनेको भन्दै टेबलमा दुवै बसे। कृष्णले पढ्छ जस्तो छाट-काट देखिँदैन, किन राम्रो घरको केटी हेरी विवाह नगर्ने ? कतै सुध्रिन्छ कि? काजीबाबूले पनि टाउको हल्लाउँदै, सोच्दैछु भरै कलेजबाट आएपछि बात गरौउन।
कृष्ण कलेजबाट आएपछि नास्ता गरिसकेर काजीबाबुले छोरालाई बस्ने इशरा गर्दै बहिनीलाई पनि सँगै राखी सोधे । कृष्ण अब केटी खेलाएर हुँदैन, यत्रो ठूलो घर, जगा-जमीन आमाले समाल्नु सक्दैन, नोकर चाकरको भरमा हुँदैन । तैले कुनै केटी हेरेको छस् भने भन्, हामीलाई बुहारीको खाँचो छ के गर्ने? बाबूको प्रश्नले कृष्ण शान्त भएर भने तपाईंहरूको इच्छा जे गर्नु हुन्छ गर्नुहोस। कृष्ण त्यहाँबाट जुरुक्क उठेर बाहिर गए ।