लङ्भ्यू चिया कमानमा आज मजदुरहरूले घेरे म्यानेजमेन्ट अफिस

लङ्भ्यू चिया कमानमा आज मजदुरहरूले घेरे म्यानेजमेन्ट अफिस


दार्जिलिङ : दार्जिलिङ पहाडको पङ्खाबारी नजिक अवस्थित लङभ्यू बगानको मालिकले मजदुरहरूलाई दिइनु पर्ने करोडौँको रुपियाँ बाँकी छ। पीएफ, एरियर, ज्याला, बोनस जम्मै जम्मैमा मजदुरहरू ठगिरहेका छन्। तर मालिकले भने बहना बाजी गर्दै सरकारी सम्झौताहरू साथै उच्च न्यायालयको आदेशलाई समेत अवहेलना गरिरहेको छ। वितेको तीन पन्द्रहको ज्याला दिइएको छैन।
मजदुरहरूबाट पीएफको पैसा काटे तापनि त्यो पैसा पीएफ एकाउन्टमा जम्मा गरिएको छैन। म्यानजमैन्टको यस्तै नीतिले गर्दा श्रमिकहरूको धैर्यताको बाँध टुटेको हो।
आफ्नो श्रमको ज्याला, बकाया राशी दिनैपर्छ भन्ने माग गरिरहेका श्रमिकहरूले म्यानेजमेन्ट असक्षम भएको खण्डमा मालिकसँग भेट गर्ने माग राखेका थिए। हिल प्लान्टेशन्स् इम्पोल्योइज यूनियनको अगुवाइमा जम्मा आठवटा ठोस माग लिएर श्रमिकहरू भेला भएका थिए भने मेनेजर र म्यानेजमेन्ट पक्ष भने सकरात्मक पहल गर्न तयार नभएको प्रष्ट भएपछि अफिस घेराउ गरिएको थियो।
आज सम्पन्न भएको मिटिङ र धरनाबारे युनियनको केन्द्रीय समिति सहसचिव सुमेन्द्र तामाङले जानकारी दिएका छन्।

याे पनि हेर्नुस्


Leave a comment