मदारीहाट विधानसभा उपचुनाउ शान्तिपूर्व सम्पन्न
कालचिनी: राज्यका अन्य ५ वटा विधानसभा आसनसहित अलिपुरद्वार जिल्लाको मदारीहाट विधानसभा आसनमा पनि बुधबार लगभग शान्तिपूर्ण उपचुनाउ सम्पन्न भयो। बिहान ७ बजीदेखि शुरु भएको मतदान शान्तिपूर्वक चलिरहेकोबीच दिउँसो प्रायः ११ बजी मुजनाई क्षेत्रको एउटा बुथमा परिदर्शन गर्न पुगेका भाजपा प्रार्थी राहुल लोहारको वाहन तोडफोड गरिएको र तृणमूल समर्थकहरूले हातपात गर्न खोजेको आरोप उठेको थियो तर यसबारे तृणमूल अलिपुरद्वार जिल्ला सभापति प्रकास चीक बडाइकले तृणमूलले हिंसामा विश्वास नराखेको र यसप्रकारको कुनै काण्डमा तृणमूल कार्यकर्ता संलग्न नरहेको जनाएका छन्।
तिनले दीर्घदिनदेखि भाजपाका विधायकले कुनै प्रकारको विकासमूलक काम नगरेकोले जनसाधारण भाजपाप्रति खुसी नरहेको जनाएका छन्। अर्कोतिर चुनाउ शान्तिपूर्वक सम्पन्न भएको र यो उपचुनाउमा तृणमूल प्रार्थी जयप्रकास टोप्पोको जीत सुनिश्चित रहेको पनि तृणमूल नेताहरूले दाबी गरेका छन्। यता साँझ ५ बजीसम्म मदारीहाट उपचुनाउमा कुल ६४.१४ प्रतिशत मतदान भएको जिल्ला निर्वाचन अधिकारिक सुत्रले जनाएका छन्।