माझेरडाबरी चियाकमानका सेवानिवृत्त श्रमिकहरूको ग्रेच्युटी बक्यौता लिएर डुवर्सकन्यामा त्रिपक्षीय बैठक
कालचिनीः अलिपुरद्वार जिल्लाको कालचिनी विधानसभा क्षेत्रमा पर्ने माझेरडाबरी चियाकमानका सेवानिवृत्त श्रमिकहरू एवम् मालिकपक्ष र प्रशासनिक अधिकारीमाझ शुक्रबार दिउँसो ३ बजे त्रिपक्षीय बैठक सम्पन्न भयो। माझेरडाबरी चियाकमानका २५ जना रिटायर्ड श्रमिकहरूले करिब ८ वर्ष बितिसक्दा पनि बक्यौता रकम नपाएकोले उनीहरू मर्कामा परेकोले मालिकपक्षलाई पटकपटक जानकारी गराए पनि समस्या समाधान हुन नसक्दा रिटायर्ड श्रमिकहरू श्रम विभागमा पुगेका थिए।
यस दिन सहायक श्रम आयुक्तले अलिपुरद्वारको डुवर्सकन्यामा रिटायर्ड श्रमिकहरू र मालिकहरूसँग त्रिपक्षीय बैठक गरेको थियो।
बैठकमा श्रम विभागले कमानको मालिकपक्षलाई आगामी दिसम्बर महीनाभित्र सबै बक्यौता तिर्न निर्देशन दिएको बताइएको छ।