महिला चिकित्सकको हत्याको प्रतिवादमा ऱ्याली

महिला चिकित्सकको हत्याको प्रतिवादमा ऱ्याली


कालचिनी : कलकत्ता आरजी कर अस्पतालका महिला चिकित्सकको हत्याको प्रतिवाद‌ चौतर्फी भइरहेको क्रममा शनिबार तृणमूल कांग्रेस कालचिनी ब्लक कमिटीको आयोजनामा एउटा वृहत प्रतिवाद ऱ्याली ‌सम्पन्न भयो।
उक्त प्रतिवाद ऱ्यालीमा तृणमूल अलिपुरद्वार जिल्ला चेयरम्यान तथा जेडीए चेयरम्यान गंगाप्रसाद शर्मा, तृणमूल कालचिनी ब्लक सभापति असीम पाख्रिन, तृणमूल युवा कंग्रेसको कालचिनी ब्लक सभापति पवन योल्मो, टीसीबीएसयू अध्यक्ष बिरेन्द्र बारा उराँव , हैदर अली अन्सारी, अतिश छेत्री, शंकर कुजूर, एवम् कालचिनी खण्डको ११ वटा अञ्चल नेतृत्व एवम् जनप्रतिनिधि आदिको उपस्थिति रहेको थियो।
उक्त ऱ्याली कालचिनी थाना मैदानबाट शुरु भएर कालचिनी चौपति र राङ्गामाटी रोड हुँदै कालचिनी चौपतिमा आएर पथसभामा परिणत भएको थियो।
उक्त पथसभामा महिला चिकित्सकको नृशंस हत्या भएकोमा यसको निष्पक्ष जाँच हुन पर्ने र आरोपीहरूलाई कठोर कानूनी कारवाई हुनपर्ने भन्दै भाजपा र सीपीआईएमले यसमा राजनैतिक रोटी सेक्ने काम गरेको तृणमूल नेताहरूले बताए।

याे पनि हेर्नुस्


add

Leave a comment