मालबजारमा तृणमूल काङ्ग्रेसको नयाँ कार्यालय उद्घाटन
मालबजार : मालबजार सहरको घडी मोड नजिकैको क्षेत्रमा माल टाउन तृणमूल काङ्ग्रेसको नयाँ दलिय कार्यालय आइतबार दिउँसो उद्घाटन गरिएको छ।यस अवसरमा माल नगरपालिकाका सम्पूर्ण तृणमूल पार्षदहरूसहित नगरपालिकाका चेयरम्यान उत्पल भदुरी र मन्त्री बुलु चिक बडाइकको उपस्थितिमा कार्यक्रम सम्पन्न भयो।

कार्यक्रममा आमन्त्रित विशेष अतिथिहरूको बीचमा माल ग्रामीण ब्लक तृणमूल सभानेत्री जितनी महाली, युवा अध्यक्ष आर्मान अरशाद, जिल्ला तृणमूलका साधारण सचिव तमाल घोष लगायत अन्य नेताहरूको उपस्थिति उल्लेख्य थियो।
याे पनि हेर्नुस्
