मृतक युवती मामिलामा अस्पताल र पुलिस प्रशासनको व्यावहारप्रति शङ्का

मृतक युवती मामिलामा अस्पताल र पुलिस प्रशासनको व्यावहारप्रति शङ्का


कालचिनीः सिलगढी भक्तिनगर थानाअन्तर्गत दशरथ पल्ली क्षेत्रमा अस्थायी रूपमा बसेर पढाइसितै पार्ट टाइम काम गर्दै बसेकी २४ वर्षीय युवतीको अस्वाभाविक मृत्युले फेरि सिलगढी र डुवर्स क्षेत्रमा सनसनी फैलिएको छ। डुवर्स अलिपुरद्वार जिल्ला अधीनस्थ कालचिनी खण्डको उत्तर लोथाबारी निवासी पिता रामु थापा र माता रेणुका लामा थापाकी एउटै छोरी रिया थापा उमेर २४ को मृत्यु रहस्यजनक ढङ्गमा भएको आशङ्का गरिन थालेको छ। सोमबार राती ९ बजे घरको आमासित फोनमा कुराकानी भएको प्रायः १ घण्टा नबित्दै छोरीको फोनबाट एकजना सुमन शील नामक युवकले रियाले आत्महत्या गरेको खबर दिँदा यता आमा बाबा छाँगोबाट झरेको सरह भएको थियो।
यस्तो खबर सुन्ने बित्तिकै घरबाट सिलगढी महकुमा अस्पतालमा छोरी हेर्न पुगेका आमा बाबालाई भेट्न नदिएको र भक्तिनगर थानाको पुलिस अधिकारीहरूले पनि छोरीले आत्महत्या नभएर छोरीको हत्या गरिएको प्राथमिकी दर्ता गर्दा पनि कुनै कारवाई नगरेको र गम्भीरता नदेखाएको आरोप मृत युवकीको माता पिताले लगाएका छन्। यता मृत युवतीको आमा बाबालाई सहानुभूति दिन पुगेका नेतृत्वहरूले पनि यो एउटा रहस्यमय मृत्यु भएको र पुलिस र अस्पताल कर्तृपक्षले सकारात्मक व्यावहार नगरेको गुनासो पीडित परिवारले गरेको जनाएका छन्।


मृतक युवतीको आमा बाबाले आफूहरूलाई न्याय चाहिएको र सम्बन्धित प्रशासनले यसको पहल गरिदिने अपील समेत गरेका छन्।
यस सम्बन्धमा मृत युवतीको आमा बाबा र सहानुभूति दिन पुगेको तृणमूल कालचिनी ब्लक सभापति असीम पाख्रिन, युवा सभापति पवन योल्मो र हैदर अली अन्सारीले यो अति नै दुखदायी घटना भएको र पीडित परिवारको दुखमा आफूहरू एकसाथ रहेको र छोरीको रहस्यमय मृत्युको उचित छानबीन गर्न हाईकमानलाई जानकारी गरिएको र अस्पताल र पुलिसले उचित सहयोग नगरेको परिवारको आरोपलाई गम्भीरतापूर्वक हेरिने जनाएका छन्।
सहानुभूति दिन पुगेका कालचिनी विधायक विशाल लामाले पनि भक्तिनगर थानाको पुलिस र सिलगढी सदर अस्पतालले परिवारलाई उचित सहयोग नगरेकोबारे छानबीन गर्न लगाईने र घटनाको छानबीन गराउन पहल गर्न हरसम्भव प्रयास गरिने जनाएका छन्। मङ्गलबार अबेर साँझ मृतक रियाको पोस्टमार्टम पश्चात परिवारले सिलगढीको किरणचन्द्र घाटमा रियाको अन्तिम संस्कार गरेर राती घर फर्किएको थियो। बुधबार साँझ बेला मृतक युवतीको मृत्यु प्रकरणको उचित छानबीन र परिवारले न्याय पाउन पर्ने दाबी गर्दै कालचिनी मोमबत्ती चौकमा मैनबत्ती जुलुससँगै घटनाको तिव्र प्रतिवाद उपस्थित सृजनशील समूहलगायत लोथाबारी बस्तीका मानिसहरूले जनाएका थिए।

याे पनि हेर्नुस्


AMAZON

Cotton Printed Dupatta Chunni

Weavers Villa Women’s Cotton Printed Dupatta Chunni (Maroon), 2.25 Mtrs

Buy Now

Leave a comment