नेहरु युवा केन्द्र दार्जीलिङको सहयोगमा जुनकिरी युथ क्लवद्वारा योगा दिवस कार्यक्रम सम्पन्न
दार्जीलिङ : नेहरू युवा केन्द्र दार्जीलिङ खेल मन्त्रालय भारत सरकार द्वारा २१ जून २०२४ को दिन योगा दिवस कार्यक्रम लवर कलेज भेल्ली जुनकिरी युथ क्लबको सहयोगमा सफलतापूर्वक सम्पन्न गरियो ।
सो योगा दिवस कार्यक्रममा नेहरु युवा केन्द्र दार्जीलिङको तर्फबाट पनि बिशिष्ट प्रतिनिधि साथै साधरण सदस्यहरूको उपस्थिति रहेको थियो साथमा जुनकिरी युथ क्लब मिलिङ चियाबगानको तर्फबाट पनि क्लबको सचिव सभापति लगायत समाजको बिशिष्ट व्यक्तिहरू समेत साधरण सदस्यहरू अनि बिध्यार्थीहरूको उपस्थिति रहेको थियो।
उक्त योगा दिवस कार्यक्रममा लगभग मानिसलाई स्वास्थ्य रहनको निम्ति अनि सन्तुलित जीवन यापन गर्नको निम्ति नियमित रूपमा योगा गर्न कति जरुरी छ भन्ने बिषयमा उपस्थित व्यक्तिहरूलाई अवगत गराइयो भने योगा सम्बन्धित कतिपय व्यायामहरु पनि गरेेर बाल बालिका अनि महिलाहरूलाई तालिम पनि दिइने कार्य सम्पन्न गरियो।
प्रतिदन मानिसहरूको बढदो जनसङ्ख्या बृद्धि अनि अपुष्टिकार खानेकुराको साथमा अहिले मानिसहरूले जुन समस्याहरू झेल्न परिरहेको छ निकट भविष्यमा मानव जातिले भोग्न पर्ने भीषण भयावह परिस्थितिसँग समाना गर्न अहिले नै हामीले हाम्रो स्वास्थ्यसँग खेलवाड नगरी दैनिक रूपमा योगा गरेर हामीले आफ्नो जिवनलाई सार्थक बनाउन सक्छौ साथै दैनिक रूपमा योगा गरेर हामीले विभिन्न प्रकारको रोगहरूबाट निदान अर्थात् छुटकारा पनि पाउन सक्छौ साथै योगा अहिलेको यो परिप्रेक्ष्यमा मानव जातिको निम्ति दिर्घायु र निरोगी रहन एक मात्र उचित व्यायाम रहेको उपस्थित प्रतिनिधिहरूले बाल बालिका अनि महिलाहरूलाई सचेतना कार्यक्रम मार्फत् जानकारी पनि गराए।