नयाँ नियुक्त चेयरम्यान कान्छा लामालाई गाउँलेको तर्फबाट बधाई तथा सम्मान

नयाँ नियुक्त चेयरम्यान कान्छा लामालाई गाउँलेको तर्फबाट बधाई तथा सम्मान


दलसिंहपाडा : कालचिनी ब्लक अन्तर्गत दलसिंहपाडा ग्राम पञ्चायतका तृणमूल काङ्ग्रेस पार्टीका नयाँ नियुक्त चेयरम्यान कान्छा लामालाई गाउँलेहरूले बधाई तथा सम्मान अर्पण गरेका छन्। लामो समयदेखि सङ्गठन र समाज सेवामा सक्रिय रहेका लामा हाल ग्राम पञ्चायत सदस्यसमेत हुन्। उनको त्यही योगदानको कदर गर्दै पार्टीले चेयरम्यान पदको जिम्मेवारी सुम्पिएको हो। दलसिंहपाडा रणबहादुर बस्तीमा आयोजित विशेष कार्यक्रममा ग्रामीण उन्नयन समितिका सदस्य, गाउँका अगुवा तथा स्थानीय बासिन्दाहरू सहभागी थिए। सो अवसरमा केशव क्षेत्री, मिलन क्षेत्री, पूर्ण क्षेत्री, बिजय लामा, ऐतासिंह लामा, विजय विश्व, पुष्पा शर्मा, सीता विश्व, रिता विश्व, साइली क्षेत्री, जङ्गवीर गुरुङ, रमेश लामा, कृतिका लामा, बाबुल प्रधान, राजु राना र चन्द्रे राई लगायतका व्यक्तिहरूले लामालाई सफल कार्यकालको कामन गर्दै बधाई दिएका थिए।

कार्यक्रममा पञ्चायत समितिका सदस्य महेन्द्र विश्वले भने, “हाम्रो गाउँबाट पहिलोपटक यस्तो गरिमामय पद प्राप्त हुनु गौरवको विषय हो। कान्छा लामा राजनीतिमा मात्र नभई समाज सेवामा पनि कुशल व्यक्तित्व हुनुहुन्छ। त्यसैले सम्पूर्ण गाउँलेको तर्फबाट उहाँलाई सम्मान र सफल कार्यकालको कामना साथै बधाई दिन चाहन्छौँ।” नयाँ चेयरम्यान कान्छा लामाले आभार व्यक्त गर्दै भने, “यो पद मैले चाहेर पाएको होइन, पार्टीले दिएको जिम्मेवारी हो। अब मेरो भूमिका केवल गाउँसम्म मात्र सीमित छैन, सम्पूर्ण दलसिंहपाडा ग्राम पञ्चायत क्षेत्रमा रहेको छ। संगठनले दिएको जिम्मेवारी निष्ठा र प्रतिबद्धतासाथ पूरा गर्नेछु।” कान्छा लामा एक अनुभवी समाजसेवी पनि हुन्, जसले लामो समयदेखि गाउँ विकासका विभिन्न क्षेत्रमा सक्रिय भूमिका निर्वाह गर्दै आएका छन्।

याे पनि हेर्नुस्


Leave a comment