नेपाली दुर्गा मण्डपमा भानु जयन्ती पालन

नेपाली दुर्गा मण्डपमा भानु जयन्ती पालन


दलसिंहपाडा : कालचिनी ब्लक अन्तर्गत दलसिंहपाडा ग्राम पञ्चायतस्थित नेपाली दुर्गा मण्डपमा आज २११औँ भानु जयन्ती सादगीपूर्वक मनाइएको छ। कार्यक्रममा आदिकवि भानुभक्त आचार्यको सालिकमा धूप–दीप प्रज्वलन, माल्यार्पण र श्रद्धाञ्जली अर्पण गर्दै उहाँको योगदान स्मरण गरिएको थियो।
कार्यक्रममा दलसिंहपाडा ग्राम पञ्चायतकी प्रधान माया आले, उपप्रधान दिलीप थापा, कालचिनी पञ्चायत समिति उपाध्यक्ष नितु राणा, समाजसेवी गणेश आले, अशोक छेत्री, नारायण राणा, आशिष क्षेत्री, हरि गिरी, शिक्षक मनोज नौबाक, अजय मगर, अनोज राणा, परशुराम शर्मा, विकास क्षेत्री, हेम कुमार मगरलगायतको उपस्थिति रहेको थियो।


कार्यक्रम सञ्चालन आशिष क्षेत्रीले गरेका थिए। कार्यक्रममा बोल्दै शिक्षक विकास क्षेत्रीले आदिकवि भानुभक्त आचार्यको योगदान नेपाली भाषा, साहित्य र शिक्षाको जगेर्नाका लागि प्रेरणादायी रहेको बताए।
त्यसैगरी युवा शिक्षक अजय मगरले भने, “जसरी आदिकविले नेपाली भाषालाई एकीकृत गर्दै सुसंस्कृत बनाउनु भयो, त्यसैगरी आजको पुस्ताले पनि भानुभक्तको आदर्शलाई आत्मसात् गर्दै भाषा, शिक्षा र संस्कृतिको संरक्षण र प्रवर्द्धनमा लाग्नुपर्छ।”
कार्यक्रम शान्त वातावरणमा समापन गरिएको थियो।

याे पनि हेर्नुस्


Leave a comment