निखोज दर्ताको एक महीना बित्दा पनि शक्ति मगरको पतो चलेन

निखोज दर्ताको एक महीना बित्दा पनि शक्ति मगरको पतो चलेन


कालचिनी : गत सेप्टेम्बर महीनाको पहिलो दिनदेखि अचानक गंगुटिया चिन्चुला आउट डिभिजन गाउँबाट निखोज बन्न पुगेको एकजना अविवाहित युवक शक्ति मगर उमेर २८ को आजसम्म कुनै पतो नलागेकोले निखोज युवकको पिता कृष्ण मगरले चिन्ता व्यक्त गरेका छन्।
चिन्तित पिता कृष्ण मगरले बताए अनुसार, छोरा शक्ति मगर अलिकति मानसिक रुपले बिमार रहेको थियो। चिन्चुला आउट डिभिजन गंगुटियास्थित घरबाट दिउँसो खाना खाएर निस्केको तर राती घर फर्किएर नआउँदा छोरोको खोजी चारैतिर गर्दा पनि कतै नभेटाएपछि कालचिनी थानामा निखोज अभियोग दर्ता गरेको तर आज एक महीना बित्न लाग्दा पनि छोराको कुनै अतोपतो नचलेकोले चिन्ता बढेको पिता कृष्ण मगरले जनाएका छन्। यता गाउँलेहरूले पनि शक्ति मगर कताकता मानसिक रुपले असन्तुलित भए तापनि गाउँमा सबैसँग ठीकठाक कुराकानी गर्ने गरेको तर निकै दिनदेखि तिनलाई गाउँमा कतै नदेखिएको जनाएका छन्। अर्कोतिर थानाबाट पनि निखोज शक्ति मगरको कतै पतो नचलेको यद्यपि खोजी जारिरहेको बताइएको छ।

याे पनि हेर्नुस्


Leave a comment