पर्यटन प्रवर्द्धन गर्न ऐतिहासिक २१ किलोमिटर म्याराथन दौड

कालचिनीः अलिपुरद्वार जिल्ला पुलिसको आयोजनामा आइतबार बिहान जिल्लामा लागुऔषध तथा नशामुक्त जिल्ला र फोहोर शुन्य भविष्य निर्माण गर्न साथै जिल्लामा पर्यटन प्रवर्द्धन गर्न २१ किलोमिटर र १० किलोमिटर हाफ म्याराथन दौड सम्पन्न भयो। यो ऐतिहासिक दौड अलिपुरद्वार परेड मैदानबाट सुरु भएको थियो। अलिपुरद्वार जिल्ला पुलिसले लागुऔषध मुक्त समाज निर्माण गर्न र जिल्लाको पर्यटनलाई विश्वको नक्सामा राख्न साथै युवाहरूलाई प्रोत्साहित गर्न यो पहल गरेको बताइएको छ। जिल्ला पुलिस कार्यालयले सामान्य वर्गमा पुरुष र महिलाको २१ किलोमिटरको ऐतिहासिक दौडका साथै युवा वर्गका लागि १० किलोमिटरको दौड आयोजना गरेको थियो। चियाकमान र बक्सा टाइगर प्रोजेक्टको प्राकृतिक परिवेशको मजा लिँदै प्रतिस्पर्धीहरूले दौड पूरा गरेको पुलिस सुत्रले जनाएका छन्।


यस दौडमा केन्या, भोटाङ र भारतका विभिन्न क्षेत्रबाट एक हजारभन्दा बढी प्रतियोगीले भाग लिएका थिए। जिल्ला पुलिसले ६ विभागमा ५५ जना प्रतियोगीलाई आर्थिक पुरस्कारसहित काठले बनेको मेडल प्रदान गरेको जनाएको छ। १० किलोमिटर दौडमा अन्य प्रतिस्पर्धाका साथसाथै, आईजी उत्तरबंगाल राजेश कुमार यादव, डीआईजी जलपाइगढी सन्तोष निम्बालकर, डीआईजी रायगञ्ज सुधीर कुमार नीलकान्तम, अलिपुरद्वारका जिल्ला मजिस्ट्रेट आर. विमला, जिल्ला पुलिस अधीक्षक वाई रघुवंशी र अन्य अधिकारीहरूले भाग लिएका थिए।

याे पनि हेर्नुस्

Leave a comment