पीएचईले खनेको पानी जाँदैछ खेरो

कालचिनीः गत ५ महीना अघिदेखि राजाभातखावा ग्राम पञ्चायत क्षेत्र अन्तर्गत रहेको गारो बस्ती, पम्फु बस्ती र पानीझोडा बस्तीमा पीएचई विभागले घर घर जल परियोजना अधीनस्थ शुरु गरेको कामलाई बक्सा ब्याघ्र प्रकल्पले रोक लगाइदिएको छ। यसरी रोक लगाएको बोरिङ पाइपबाट हाल जमीनमा पानीको स्तर माथि उठेकोले पानी बगेर खेरो जान थालेको गाउँलेहरूले जनाएका छन्।
वन विभागले रोक लगाएकोले पीएचईले काम स्थगित गर्न परेको र अहिलेसम्म कुनै सुनवाई नभएता पनि ग्राम पञ्चायत सुत्रले सबै कुराकानी भएको र काम सेप्टेम्बर महीनादेखि फेरि चालू हुनसक्ने बताएका छन्।
यता गाउँलेहरूले पिउने पानीको निम्ति खोला र कुवाको प्रदुषित पानी पिउन बाध्य भएको र पीएचईको पानी चाँडै उपलब्ध भए ढुक्क हुने जनाएका छन्।

याे पनि हेर्नुस्


add

Leave a comment