प्रेम लामा प्रेमिल स्मृतिमा मात्र रह्यो अब

प्रेम लामा प्रेमिल स्मृतिमा मात्र रह्यो अब


कालचिनी : डुवर्सको कालचिनीले धेरै कलाकार, सङ्गठक, बुद्धिजीवी र नेताहरू जन्माएका छन्। यसै कलाकारिता, सङ्गीत, सङ्गठक, बुद्धिजीवी तथा नेता वर्गमा पर्ने व्यक्तिमध्ये एकजना हुन् प्रेम लामा मोक्तान। आफ्नो जीवनकालमा धेरै रौसे सङ्गीत क्षेत्रमा ज्ञान राख्ने औ एकजना कुशल सङ्गठकको रूपमा प्रायः डुवर्सले चिन्ने प्रेम लामा मोक्तान पनि एक हुन्। एकताका कालचिनीमा कंग्रेसको जग हाल्ने सक्रिय राजनैतिक नेताको रूपमा प्रेम लामा अर्थात प्रेम मोक्तानलाई नचिन्ने कोही छैनन् होला। एक समय कालचिनी ग्राम पञ्चायतको प्रधान हुँदै कालचिनी पञ्चायत समितिको शिक्षा कर्माध्याक्षको दायित्व लिएर कालचिनी ब्लक प्रशासनलाई आफ्नो गतिशील योगदान पुऱ्याएर आएको प्रेम लामा मोक्तान अब हामीमाझ रहेनन्। निकै लामो समयदेखि थला परेर चिकित्साधीन अवस्थामा प्रेम लामाले अन्ततः आफ्नो नश्वर चोला यही छोडेर गएका छन्। शनिबार राती प्रेम लामाले आफ्नो ६३ वसन्तको भौतिक यात्रा समाप्त गरेका छन्।


तिनको आकस्मिक निधनले सम्पूर्ण कालचिनी क्षेत्रको समाजसेवी, कालाकार, सङ्गीत-प्रेमी एवम् राजनैतिक सहमित्रगणलाई शोक संतप्त बनाएका छन्। तिनको निधनले आइतबार तिनको शुभचिन्तकहरूमा गहिरो शोक छाएको छ भने तिनलाई अन्तिम श्रद्धाञ्जली चढाउन आइताबार विभिन्न साहित्यिक प्रतिनिधि, नेता, कलाकार, बुद्धिजीवी औ बौद्ध धर्मावलम्बीहरूको भीड जमेको थियो।
बौद्ध धर्म परम्परा अनुसार आइताबार अबेर साँझ प्रेम लामा मोक्तानको दाह संस्कार गरिएको पारिवारिक सुत्रले जनाएका छन्।
सङ्गीतमा धेरथोर ज्ञान राख्ने प्रेम लामा मोक्तान एकजना म्यान्डोलिन वादक पनि थिए। तिनले धेरै सङ्गीत अनुष्ठानहरुमा म्यान्डोलिनमा धेरै मधुर गीतहरू पस्केर दर्शकहरूलाई मनत्रमुग्ध पार्थ्यो भने कालचिनीलाई कंगेसपछि हालसम्म तृणमूल कंग्रेसमा रहेर आफ्नो योगदान दिँदै आईरहेको थियो। बौद्ध धर्ममा बसेर तिनले अखिल भारतीय महायाण बौद्ध म्हाणीपा संघको केन्द्रिय सदस्यको रूपमा पनि काम गर्दै आईरहेको थियो। तिनीपछि अब तिनको परिवारमा स्वास्नी, दुईजना छोरा, एउटी बुहारी र एकजना नातिनीलाई छोडेर गएका छन्।

याे पनि हेर्नुस्


Leave a comment