रुखलाई राखी बाँध्दै बन संरक्षणको सन्देश

रुखलाई राखी बाँध्दै बन संरक्षणको सन्देश


कालचिनीः सोमबार राखी पूर्णिमाको उपलक्ष्यमा उत्तरबंगाल बन जन श्रमजीवी मञ्चको पक्षबाट राजाभातखावा रेञ्ज अन्तर्गत २२ माईल जङ्गलको रुखमा राखी बाँध्ने कार्यक्रम सम्पन्न भयो। राखी बन्धनले चेली माईतीको सम्बन्ध देखाउने र माईतीले चेलीको रक्षा गर्ने विशेषता झल्काउने भएकोले यस अवसरमा बनको संरक्षण गर्न बन बस्तीका चेलीहरूले रुख मास्न नहुने यसको संरक्षण गर्ने सन्देश दिनलाई रुखलाई राखी बाँध्ने कार्यक्रम गरेको उत्तरबंगाल बन जन श्रमजीवी मञ्चका कन्भेनर लालसिंह भुजेलले जनाएका छन्।


मञ्चको कार्यशाला चलिरहेको क्रममा विभिन्न बनबस्तीबाट आएका चेली सदस्यहरूले रुखलाई राखी बाँध्ने कार्यक्रमको उद्देश्य वर्तमान समयमा ग्लोबल वार्मिङले अत्यधिक गर्मी बढेको अवस्था छ र रुखहरू मासिनाले अक्सीजन कम्दै गएको स्थितिमा रुखको संरक्षण भए बनको तथा प्रकृतिको संरक्षण हुने सन्देश दिनलाई नै यो कर्मसूची गरिएको लालसिंह भुजेलले बताए।

याे पनि हेर्नुस्


Leave a comment