खबर असर- समाजसेवी नबिन के छेत्रीले विश्वकर्मा परिवारको उपाचारमा सहयोग गर्ने


दलसिंहपाडा: दलसिंहपाडा रणबहादुर बस्तीस्थित एउटा विश्वकर्मा असहाय परिवारको खबर माटोकुरी डिजिटलले सबैको सामु ल्याएको थियो। माटोकुरी डिजिटलको खबर हेरेर अहिले असहाय विश्वकर्मा परिवारलाई विभिन्न ठाउँबाट सहयोगहरू आइरहेको छ।
स्मरण गराइन्छ- दलसिंहपाडा रणबहादुर बस्तीस्थित एक नम्बर पार्टका कमल विश्व (बाबा) विगत पाँच वर्षदेखि प्यार्लाइस भएर ओछ्यान परेका छन् भने छोरा महिपाल विश्व मिर्गौलामा पथरिया भएर रोग ग्रस्त छन् । त्यसै परिवारमा महिपल विश्वका १२ वर्षीय छोरा मनिस विश्वलाई पनि मिर्गौलामा नै १७ एम.एम.को पथरिया भएको छ। महिपाल विश्वका भानिज ११ वर्षीय उज्ज्वाल विश्व केही दिन अघि गाई चराउन गएको बेला रुखबाट झरेर दुईवटा खुट्टा भाचिएर थला परेको छ । केही दिन अघिमात्र ग्राम पञ्चायत सदस्यसहित सम्पूर्ण गाउँ, रणबहादुर बस्ती विश्वकर्म समाज मिलेर असक्त परिवारलाई सहयोग गर्न अघि आएको समाचार प्रकाशित भएको थियो।


केही दिन नबित्दै आज फेरि जयगाउँको वरिष्ठ समाजसेवी नबिन के छेत्रीले सम्पूर्ण परिवारको उपाचार गराउन सहयोग गर्न अघि आएका छन्। तिनले भने, धेरै दुःख लाग्दो घटना हो। उहाँहरूको उपचार गर्ने बाचा गर्दछु साथै सबैको निम्ति केही गर्नेछु। खुट्टा भाचिएको नानीलाई आज डाक्टरकोमा लगिएको छ। यदि डाक्टरको औषधिले ठिक हुन्छ भने ठिकै छ यदि कुनै अपरेशन गर्न परे त्यसको भार म लिनेछु। पियरलेश भएका बुबालाई केही पनि असुविधा भए मलाई भन्नुहोस् भनेको छु। बुहारीको पनि पाइल्स रोग रहेको छ। पैसाको अभावको कारण उपचार भइरहेको छैन। उहाँको पनि उपचार चलाउनु भनी परिवारलाई भनेको छु भने। नबिन के छेत्री जयगाउँको वरिष्ठ समाजसेवी हुन्। उहाँले जयगाउँ भेकमा भएका असहायहरूलाई धेरैदिनदेखि सहयोग गर्दै आइरहेका छन्। असहाय परिवारको खबर प्रकाशित भएपछि तिनी आफ्नो टिमसहित दलसिंहपाड़ा आएर बिमारीहरूलाई सहयोग गर्ने आश्वासन दिएका छन्।

Leave a comment