सिक्किम रानीपुल दुर्घटनामा मृत जयगाउँकी विद्यार्थी डोमा शेर्पा

कालचिनीः आइताबार सिक्किमको रानीपुलमा एउटा मिल्क ट्याङ्कर अनियन्त्रित भएर घटेको दुर्घटनामा परेर ज्यान गुमाएकामध्ये एकजना डुवर्सको अलिपुरद्वार जिल्ला अधीनस्थ कालचिनी खण्डको जयगाउँ खोक्ला नाला सडक निवासी डोमा शेर्पा पनि रहेकी पुष्टि भएको छ।
डोमा शेर्पा उमेर १९ वर्ष सिक्किम एसआरएम यूनिभर्सिटीमा दोस्रो वर्षमा अध्यनरत छात्री रहेकी बताइएको छ। तिनी सिक्किममा अभिभावकसँग बस्दै आइरहेकी थिइन् भने रानीपुलको ल्होछार मेलामा घुम्न गएकी डोमा शेर्पा पनि सो ट्याङ्कर दुर्घटनामा परेकी थिइन्।आइतवार साँझ डोमा शेर्पाको पार्थिव शरीरलाई तिनको आफ्नो घर जयगाउँको खोक्ला नाला सडकमा ल्याइ पुऱ्याएको थियो भने आज तिनको अन्तिम संस्कार गरिएको पारिवारिक सुत्रबाट थाह लागेको छ।

Leave a comment