सिक्किमको मुख्यमन्त्रीप्रति आभार व्यक्त

सिक्किमको मुख्यमन्त्रीप्रति आभार व्यक्त


कालचिनीः छिमेकी हिमाली राज्य सिक्किम राज्य सरकारको माननीय मुख्यमन्त्री प्रेमसिंह तामाङ गोलेले सरकारी अधिसूचना अबदेखि अङ्ग्रेजीसँगै नेपाली भाषामा पनि निकाल्ने निर्णय आफैमा ऐतिहासिक भएको विभिन्न नेपाली संघ संस्थाहरूले मुग्धकण्ठले प्रशंसा गर्ने क्रम जारी रहेको छ। यस क्रममा यता डुवर्सको माउ संस्था डुवर्स नेपाली साहित्य विकास समितिको पक्षबाट र सृजनशील समूह कालचिनीको पक्षबाट साहित्यकार अबीर खालिङ र कवि चन्दन भट्टराईले पनि सिक्किमको मुख्यमन्त्री पीएस गोलेप्रति आभार व्यक्त गरेका छन्।

बङ्गालमा अहिले पनि यसको आवाज विभिन्न नेपाली संघ संस्थाहरूले उठाइरहेको तर कुनै सुनवाई नभएको जबकि छिमेकी हिमाली राज्य सिक्किमको मुख्यमन्त्री प्रेमसिंह तामाङ गोलेले यसलाई सिक्किम राज्यमा पुरा गरेर ऐतिहासिक काम गरेको भन्दै डुवर्सेली नेपाली साहित्यिक संस्थाहरूले हर्ष व्यक्त गरेका छन्। सिक्किमको मुख्यमन्त्री पीएस गोलेले दोस्रो चोटी सरकारमा आउने बित्तिकै यसरी नेपाली भाषा मान्यता दिवसको लहर चलिरहेको क्रममा नेपाली भाषालाई राज्यको सरकारी भाषा ठहर गर्दै अबउसो सबै प्रकारको सरकारी अधिसूचनाहरू अङ्ग्रेजीलगायत नेपाली भाषामा पनि निकाल्ने अधिसूचना जारी गरेकोले यता छिमेकी दार्जीलिङ, कालेबुङ पहाड मात्र नभएर सिलगढी तराई अनि डुवर्सदेखि पूर्वाञ्चल असम राज्यको नेपाली संघ संस्थाहरू सबैले नै यसको निम्ति सिक्किमको मुख्यमन्त्री पीएस गोलेलाई आभार व्यक्त गरेका छन्।
यता बंगाल सरकार अधीनस्थ जीटीए क्षेत्रमा पनि आजसम्म नेपाली भाषामा यसरी सरकारी अधिसूचना प्रकास गर्ने अनुमति नपाएको बेला छिमेकी हिमाली राज्य सिक्किममा नेपाली भाषाको यसरी कदर गरिएकोमा भाषाप्रेमी, साहित्यप्रेमी र जातिप्रेमीहरूले सिक्किमको मुख्यमन्त्री पीएस गोलेलाई आभार व्यक्त गर्ने क्रम जारी रहेका छन्।

याे पनि हेर्नुस्


Leave a comment