एसएसबी ५३ वाहिनीद्वारा स्वच्छता ने सेवा २०२४ पालन

एसएसबी ५३ वाहिनीद्वारा स्वच्छता ने सेवा २०२४ पालन।


कालचिनी: राष्ट्रपिता महात्मा गान्धीको जन्मजयन्ती तथा “स्वच्छता नै सेवा-२०२४” कार्यक्रम अन्तर्गत “प्रकृति स्वच्छता” को सन्देश फैलाउने उद्देश्यले एसएसबी ५३ वाहिनी फालाकाटा सिमलाबारी मुख्यालयको कार्यवाहक कमाण्डेन्ट हर्ष सिन्हाको निर्देशनमा , उत्तरबङ्गाल राज्य परिवहन निगम, फालाकाटा बस स्ट्यान्डको सफाइ र्‍याली निकालिएको थियो।
कोरको सीमा नाकाहरू क्याम्पस क्षेत्र र कार्यस्थलमा रहेका सार्वजनिक स्थानहरूमा पनि सरसफाइ अभियान सञ्चालन गरिएको थियो भने भारत-भोटाङ सीमावर्ती क्षेत्रका नागरिकहरूलाई सरसफाइ अभियानमा सहभागी हुन आग्रह गरी थप वृक्षारोपण गरिएको थियो। फोहोरमुक्त वातावरण सिर्जना, खुलामा शौच नगर्ने आदि सचेतना अभियान चलाएर स्वच्छ भारत निर्माण गर्ने प्रयास गरिएको एसएसबी सुत्रले जनाएका छन्।

याे पनि हेर्नुस्


Leave a comment