एसएसबी र एडीवाईसीको संयुक्त सफाई अभियान

एसएसबी र एडीवाईसीको संयुक्त सफाई अभियान


कालचिनी: एसएसबी ५३ वाहिनी फालाकाटा सिमलाबारी मुख्यालय अधीनस्थ नयाँ बस्ती बीओपीको पहल औ अच्छापाडा डेभलपमेन्ट यूथ क्लब (एडीवाईसी) को सहभागितामा बुधबार गान्धी जयन्ती पालन गर्दै अच्छापाडा मैदान एवम् सडकमा व्यापक सफाई अभियान चलाएको जानकारी एडीवाईसीका अध्यक्ष विजय थुलुङ राई र एसएसबी सुत्रले दिएका छन्।
यस अवसरमा महात्मा गान्धीको आदर्श र देशभक्ति जागृत गराउने प्रेरणादायक कुराहरू ए‌सएसबी अधिकारीहरूले राखेको थियो।
एडीवाईसी पक्षबाट अध्यक्ष विजय थुलुङ राईलगायत एसएसबी ५३ वाहिनी नयाँ बस्ती बीओपीको निरीक्षक अर्जुन बागी, पूनम लोहोरा, निलम नाइक, अंकित थुलुङ, हर्मन किन्डो र भानु थुलुङको सहभागिता रहेको थियो।

याे पनि हेर्नुस्


Leave a comment