एसएसबीद्वारा मिशन लाइफबारे सचेतना कार्यक्रम

कालचिनीः एसएसबी ५३ वाहिनी फालाकाटा सिमलाबारी मुख्यालयको प्राङ्गणमा बिहीबार एसएसबी जवानहरूबिच मिशन लाइफबारे सचेतना कार्यक्रम सम्पन्न भएको जानकारी एसएसबी ५३ वाहिनी फालाकाटा सिमलाबारी मुख्यालय सुत्रले दिएका छन्।
एसएसबी ५३ वाहिनी फालाकाटा सिमलाबारी मुख्यालयको कार्यवाहक कमान्डेन्ट धीरज कुमारको नेतृत्वमा भारत सरकारद्वारा सञ्चालित मिशन लाइफ अन्तर्गत पर्यावरण संरक्षण हेतु विभिन्न आदतहरू जस्तै प्लास्टिकको सट्टा अन्य विकल्पको प्रयोग अनि व्यावहारिकता, घरेलु र विद्युतीय प्रयोगमा लगाम, स्वास्थ्य जीवनशैली, एलईडी बल्ब र ट्युबलाइटको प्रयोग, लिफ्ट छोडेर सिँढीको प्रयोग, ट्राफिक र रेलवे क्रसिङमा वाहनको इन्जिन बन्द गरिनुपर्ने, छोँटो दुरीको यात्रामा मोटरबाइकको सट्टा साइकलको प्रयोग, पेट्रोल र डीजलको वाहनको जग्गा सीएनजी वा इलेक्ट्रोनिक वाहनको प्रयोग, बाजरा र कोदो जस्तो कम पानीको फसलमा जोड दिइनु पर्ने, घरको फोहोर कसिङ्गरलाई कम्पोस्ट बनाउन प्रयास गर्नुपर्ने आदि दैनिक आदत बसाल्नु पर्ने कुराको आह्वान गरिएको थियो।
यस अन्तर्गत भारत भोटाङ सीमान्त गाउँहरूमा एसएसबीले मिशन लाइफबारे सचेतना कार्यक्रम सम्पन्न गर्दै आइरहेको एसएसबी सुत्रले जनाएका छन्। सो सचेतना कार्यक्रममा उपकमान्डेन्ट दिलीपकुमार सरकार र हर्ष सिन्हाले सचेतना गराएको थियो।

Leave a comment