एसएसबीद्वारा निःशुल्क चिकित्सा शिविर सम्पन्न

कालचिनीः एसएसबी ५३औँ वाहिनी फालाकाटा सिमलाबारी मुख्यालयको आयोजना अनि नयाँ वस्ती बीओपीको पहलमा शनिबार कालचिनी खण्डको विजयपुर र बनछाया बस्तीको बासिन्दाहरूको निम्ति एसएसबी ५३ वाहिनी फालाकाटा सिमलाबारी मुख्यालयको कमान्डेन्ट विजय सिंह निर्देशनमा नागरिक कल्याण कार्यक्रम अन्तर्गत निःशुल्क चिकित्सा शिविर सम्पन्न भएको एसएसबी सुत्रले जनाएका छन्। उक्त चिकित्सा शिविरमा एसएसबी मेडिकलका डा. धर्मराज ए.जे. सहायक कमाण्डेन्टद्वारा मानव चिकित्सा शिविर (मेडिकल ओपिडी क्याम्प) आयोजना गरी सीमावर्ती क्षेत्रका करिब २ सय ५० जना सीमा क्षेत्रका बासिन्दाको स्वास्थ्य परीक्षण तथा निःशुल्क औषधि वितरण गरी सीमा क्षेत्रका गाउँलेको उपचार तथा औषधि वितरण गरिएको थियो। कार्यक्रममा मानिसहरूलाई कोदोको प्रयोग र फाइदाका साथै स्वस्थ जीवनशैली अप्नाउने उपायबारे जानकारी गराइएको थियो।


कार्यक्रममा नयाँबस्ती कम्पनीका इन्चार्ज वीरेन्द्र भारती एवम् स्थानीय जनप्रतिनिधि तथा सर्वसाधारणको बाक्लो उपस्थिति रहेको थियो भने शिविरलाई सफल बनाउन अच्छापाडा डेभलपमेन्ट युथ क्लब एडीवाईसीका अध्यक्ष विजय थुलुङ राई र तिनको टोलीले सक्रिय सेवा प्रदान गरेको थियो। एसएसबी सिमलाबारी-फालाकाटाको ५३औँ वाहिनीले समय समयमा आफ्नो सीमा क्षेत्रमा भेटेरिनरी शिविर तथा मानव स्वास्थ्य शिविर तथा सीमा क्षेत्रका नागरिकलाई सहयोग गर्ने कार्यक्रम गर्दै आएको एसएसबी सुत्रले जनाएका छन्।

Leave a comment