एसएसबीद्वारा सतर्कता सप्ताह पालन

एसएसबीद्वारा सतर्कता सप्ताह पालन


कालचिनीः सतर्कता सचेतना दिवस २०२४ भारत सरकारको दिशानिर्देशमा एसएसबी ५३ बाहिनी सिमलाबारी फालाकाटाद्वारा डेपुटी कमान्डेन्ट, कार्यवाहक कमान्डेन्ट हर्ष सिंहको नेतृत्वमा १५ सेप्टेम्बरदेखि ३० अक्टोबरसम्म सतर्कता सप्ताहको शृङ्खलामा सीमा क्षेत्रमा कार्यरत सबै सेनाका कर्मचारी र नागरिकलाई सचेत गराइएको जानकारी एसएसबी सुत्रले जनाएका छन्। यस सर्तकता सचेतना सप्ताह मार्फत प्रत्येक वर्ष सरदार वल्लभभाई पटेलको जन्मदिन (अक्टोबर ३१) को अवसरमा सजगता सचेतना सप्ताह मनाउँदै भ्रष्टाचार विरुद्धको लडाइमा सबै नागरिक सक्रिय रहने जानकारी गराइएको थियो।
सहभागिता, इमान्दारितालाई बढावा दिँदै भ्रष्टाचार निर्मूल गर्नुपर्छ भन्ने सन्दर्भमा वाहिनीले विगत केही दिनदेखि सरसफाई सेवा कार्यक्रम, प्रत्येक २ घण्टा श्रम लगायतका विभिन्न कार्यक्रमहरू सञ्चालन गर्दै आएको छ भने एउटा‌ रुख आमाको नाममा शपथ ग्रहण, सफाइ र्‍याली आदि कार्यक्रमको आयोजना गरिएको थियो। यस अवसरमा उपकमान्डेन्ट शेखर बजाज, सहायक कमान्डेन्ट अशोक राय, निरीक्षक फकिर चन्दको उपस्थिति रहेको थियो।

याे पनि हेर्नुस्


AMAZON

Half Sleeve Solid Casual T-Shirt

Lux Cozi Men’s Regular Fit Polo Neck Half Sleeve Solid Casual T-Shirt | Polo T-Shirt for Men

Buy Now

Leave a comment