उच्चमाध्यमिक परीक्षार्थीहरूलाई केक र पानी वितरण

कालचिनीः आजदेखि सुरु भएको उच्चमाध्यमिक परीक्षालाई ध्यानमा राखेर प्रथम दिनको परीक्षा सबै परीक्षार्थीहरूले राम्ररी सम्पन्न गर्न सकोस् भन्दै शुक्रबार कालचिनीस्थित यूनियन एकाडमी परीक्षा केन्द्रमा पुगेर तृणमूल छात्रा परिषदले केक र पानी प्रदान गर्दै शुभकामना दिएको थियो। उक्त अवसरमा तृणमूल कालचिनी ब्लक सभापति असिम पाख्रिन, तृणमूल युवा कंग्रेसको कालचिनी ब्लक सभापति पवन योल्मो, तृणमूल जिल्ला उपाध्यक्ष हैदर अली अन्सारी, कालचिनी अञ्चल सभापति शंकर कुजूर, चुवापाड़ा अञ्चल सभापति सबीर लोहार छात्रा प्रतिनिधि मनीष कुजूर एवम् अन्यान्यको उपस्थिति रहेको थियो।

उच्चमाध्यमिक परीक्षार्थीहरूलाई केक र पानी वितरण
उच्चमाध्यमिक परीक्षार्थीहरूलाई केक र पानी वितरण


अर्कोतिर तृणमूल युवा कंग्रेसको पक्षबाट पनि कालचिनी हिन्दी स्कूलमा उच्चमाध्यमिक परीक्षार्थीहरूलाई मिठाइ र पानी वितरण गरिएको जानकारी तृणमूल युवा कंग्रेसको कालचिनी ब्लक सभापति पवन योल्मोले दिएका छन्। विशेषगरि, उच्चमाध्यमिक परीक्षार्थीहरूलाई कुनै प्रकारको असुविधा नहोस् अनि उनीहरूलाई परीक्षा राम्ररी लेख्न उत्साह प्रदान गर्न तृणमूल माउ संस्था लगायत तृणमूल युवा कंग्रेस र तृणमूल छात्रा परिषदले गत माध्यमिक परीक्षाको बेला पनि यस्तै उत्साह परीक्षार्थीहरूलाई दिएको र आजदेखि सम्पन्न भइरहेको उच्चमाध्यामिक परीक्षार्थीहरूलाई पनि यस्तै उत्साह प्रदान गर्न केक र पानी वितरण गरिएको युवा ब्लक सभापति पवन योल्मोले थप जनाएका छन्।

याे पनि हेर्नुस्

Leave a comment