उत्तर बङ्गल विश्वविद्यालयको नेपाली विभागमा २१० औँ भानुजयन्ती पालन गरे

उत्तर बङ्गल विश्वविद्यालयको नेपाली विभागमा २१० औँ भानुजयन्ती पालन गरे

सिलगढी : उत्तर विश्वविद्यालयको नेपाली विभागमा २१० औँ भानु जयन्ती पालन गरेका थिए। डाक्टर पुष्कर पराजुली सभाध्यक्ष रहेको सो कार्यक्रम बिहान ८: ३० बजे भानुसालिकमा माल्यार्पण गरी सुरु गरेका थिए। २१० औँ भानुजयन्ती कार्यक्रम दुई सत्रमा सम्पन्न भएका थिए। पहिलो सत्रमा भानुसालिकमा माल्यार्पण गरी रविन्द्र भानु मञ्चमा सम्पन्न गरे भने दोस्रो सत्रको कार्यक्रम भने नेपाली विभागको सङ्गोष्ठी कक्षमा सम्पन्न भएका थिए।


दोस्रो सत्रको कार्यक्रमको सुरुवात आदिकवि भानुभक्त आचार्यको तस्वीरमा धुपदीप र माल्यार्पण गरी गरेका थिए। सो कार्यक्रममा नेपाली विभागका विद्यार्थी, सोधार्थीहरूले कविता वाचन साथै गीत प्रस्तुत गरेका थिए भने प्रोफेसर डाक्टर घनश्याम नेपालले – भानुभक्तको कृतित्व भन्दा कीर्ति ठूलो हो। उनी महान कवि होइनन् तर महान एकीकरणकर्ता चाहिँ हुन् आफ्नो मन्तव्यमा व्यक्त गरे।


त्यसैगरी उक्त कार्यक्रममा प्रोफेसर डाक्टर सञ्जय राई, डक्टर डुप छिरिङ लेप्चा, प्रोफेसर डाक्टर पुष्कर पराजुली आदिले मन्तव्य राखे भने सचिन रिजाल, शिवम शर्मा, कोमल सुब्बा आदिले सङ्गोष्टिपत्र प्रस्तुत गरे। कोमल सुब्बा, ज्ञानेन्द्र आदिले कविता वाचन गरे भने जयप्रसाद राई, माया शर्मा अनि साथीहरूले गीत प्रस्तुत गरेका थिए। दुर्गा बहादुर दाहालद्वारा स्वागत सम्बोधन गरिएको यस कार्यक्रममा शिवम शर्मा र हेमलाल शर्माले कार्यक्रम सञ्चालन गरेका थिए।

याे पनि हेर्नुस्


Leave a comment