यसपाली जनता सचेत छन् जनताले दिदीको विकासलाई हेरेर भोट गर्नेछन्

कालचिनीः शुक्रबार कोचबिहार जिल्लाको दिनहाटामा चुनावी जनसभा पश्चात मुख्यमन्त्री ममता ब्यानर्जी कालचिनी खण्डको निमती दोमोहनीमा अलिपुरद्वार लोकसभा केन्द्रको तृणमूल प्रार्थी प्रकास चीक बडाइकको पक्षमा जनसभा गर्न आइपुगेकी थिईन्।
चुनावी जनसभामा दिदीले मोदी म्याजिक यसपाली नचल्ने र सबैले बंगालको स्वाभीमानको रक्षा गर्न अनि धर्मनिरपेक्ष सरकारको पक्षमा तृणमूल अलिपुरद्वार लोकसभा केन्द्रको प्रार्थी प्रकास चीक बडाईकलाई भारी मतले विजयी बनाउने आह्वान गरेकी थिईन्।
मुख्यमन्त्रीको सम्बोधन सकिए पश्चात तृणमूल अलिपुरद्वार जिल्ला चेयरम्यान गंगाप्रसाद शर्मा लगायत अलिपुरद्वार विधायक सुमन काञ्जीलाल र तृणमूल अलिपुरद्वार जिल्ला युवा कंग्रेसको सभापति विशाल गुरुङले यसपालीको भोट मुख्यमन्त्री ममता ब्यानर्जीको विकासमूलक कामलाई हेरेर हुने र मोदी म्याजिक कुनै फ्याक्टर नहुने र गाउँ बस्तीका जनता अब सचेत भएको र भाजपाको झुटो राजनीतिको विरुद्ध उभएकोले तृणमूल प्रार्थी दिदीको प्रार्थी प्रकास चीक बडाइकले भारी मतले विजयी हुने दाबी गरेका छन्।
भाजपाको सांसद जिताएर पाँच वर्ष त्यसै खेरो गएको केही काम नभएकोले यसपाली जनताले मूड परिवर्तन गरेको र आफूहरू प्रकास चीक बडाइकको जीतमा सुनिश्चित रहेको पनि बताएका छन्।
तृणमूल अलिपुरद्वार जिल्ला कमिटीको चेयरम्यान गंगाप्रसाद शर्माले अलिपुरद्वार लोकसभा केन्द्रको प्रार्थी प्रकास चीक बडाइकले जित्ने दाबी गर्दै भाजपाले पहाड, तराई र डुवर्सको गोर्खाहरूलाई १५ वर्षदेखि ठग्ने काम गरेको र ११ जातगोष्ठीको मुद्दा पनि पार गर्न नसकेकोले नेपाली भाषी मतदाताहरू भाजपाबाट रुष्ठ भएकोले यसपाली भाजपाको साइलेन्ट भोटको असर नहुने बरु तृणमूल प्रार्थी प्रकास चीक बडाइक एकजना सुयोग्य ठहर भएकोले तिनले निश्चित रूपमा जित्ने जसको सङ्केत आजको जनसभाको भीडले दिएको र दिदी पनि ढुक्क भएर गएकी जनाएका छन्।

याे पनि हेर्नुस्

Amazon

Bluetooth Speaker 5.3

amazon basics Bluetooth Speaker 5.3 Soundbar with 16W RMS, 2000mAh Battery, Upto 19 Hrs Playtime Aux/USB Port (Blue)

Buy Now

Leave a comment