तृणमूल युवा कंग्रेसको पक्षबाट लिफ्लेट वितरण साथै ऱ्याली र पथसभा

तृणमूल युवा कंग्रेसको पक्षबाट युद्ध स्तरमा प्रचार-प्रसार

कालचिनीः चुनाउको दिन आउन मात्र ६ दिन रहेको छ भने सम्पूर्ण राजनैतिक दलहरूले युद्धस्तरमा प्रचार चलाइरहेको छ।
शनिवार यसै क्रममा तृणमूल युवा कंग्रेस कालचिनी ब्लक कमिटीको पक्षबाट कालचिनी बजार क्षेत्रमा तृणमूल प्रार्थी प्रकास चीक बडाइकको समर्थनमा ऱ्याली साथै पथसभा सम्पन्न भयो। यस अवधि तृणमूल कालचिनी ब्लक युवा कंग्रेसको सभापति पवन योल्मोले यसपालीको भोट विकासको नाममा हुने र अलिपुरद्वार लोकसभा केन्द्रको मतदाताहरूले दिदीको विकास मड्युललाई हेरेर उनीहरूको प्रार्थी प्रकास चीक बडाइकलाई मत खसालेर विजयी बनाउने दाबी गरेका छन्। कालचिनी बजार क्षेत्रको प्रत्येक दोकानहरू अनि बजारमा आउने मानिसहरूलाई लिप्लेट वितरण गर्दै गणतन्त्र र जातीय साम्प्रदायिक सद्भावनालाई बचाउन एवम् जिल्लावासीको सर्वाङ्गीण विकासको निम्ति तृणमूल प्रार्थीलाई भोट दिने निवेदन पनि तृणमूल युवा कंग्रेसको कार्यकर्ताहरूले गरेको थियो। यसै क्रममा कोलकत्ताबाट स्टार प्रचारक विवेक गुप्ताले कालचिनीमा तृणमूल प्रार्थी प्रकास चीक बडाइकको समर्थनमा ऱ्यालीमा अंशग्रहण गरेको थियो।


उक्त अवसरमा तृणमूल कालचिनी ब्लक सभापति असिम पाख्रिनलगायत अन्यान्य नेताहरू ओमदास लोहार, गणेश महली, हैदर अली अन्सारी, रञ्जित घोष, रञ्जित प्रधान, युवा नेताहरू बबालु सापकोटा, अमित सापकोटा आदिको उपस्थिति रहेको थियो।
ऱ्याली पश्चात कालचिनी चौपतिमा एउटा पथसभा पनि सम्पन्न भएको थियो भने उक्त पथसभामा उपस्थित नेतृत्वहरूले दिदीको उन्नयनलाई लिएर जनसाधरणले तृणमूल प्रार्थी प्रकास चीक बडाइकलाई समर्थन गर्दै मतदान गर्ने अपील गरेको थियो। उक्त पथसभामा भाजपा नेतृत्वमा रहेको केन्द्र सरकारको बंगाललाई गरेको उपेक्षाको निन्दा गर्दै देशमा शान्ति सद्भावना कायम गर्न भाजपालाई हटाउन जरुरी रहेको आह्वान गरिएको थियो।

याे पनि हेर्नुस्

Amazon

Women T-Shirt

Product details

Material composition, 100% Cotton, Pattern, Striped, Fit type, Slim Fit, Sleeve type, leeveless, Collar style, Club Collar, Length : Standard Length, Country of Origin, India

Buy Now

Leave a comment