५३औँ बाहिनी सशस्त्र सीमा बलले मनायो आफ्नो १३ औँ स्थापना दिवस

कालचिनी ५३औँ बाहिनी सशस्त्र सीमा बल, सिमलाबारी-फालाकाटाको प्राङ्गणमा कमाण्डेन्ट विजय सिंहको उपस्थितिमा बटालियनको १३औँ स्थापना दिवस भव्यताका साथ मनाइएको जानकारी एसएसबी ५३ औँ बाहिनी सुत्रले दिएका छन्। कार्यक्रमको उद्घाटन कमाण्डेन्ट विजय सिंहले उद्घाटन गरेको थियो भने द्वितीय कमान्डेन्ट धीरज कुमार, डेपुटी कमान्डेन्ट दिलीप कुमार सरकार र हर्ष सिन्हाले दीप प्रज्वलन गरी कार्यक्रमको उद्घाटन गरेको थियो। कार्यक्रममा ५३ औं बाहिनीका कमाण्डरले भलिबल, १०० मिटर दौड, ४०० मिटर दौड, बोरा दौड र टग अफ वार लगायतका खेलकुद प्रतियोगिताको आयोजना गरी सेनाका जवान र उनीहरूका परिवारबिच पुरस्कार वितरण तथा मिठाई वितरण गरिएको थियो।
यस बाहेक कार्यक्रममा कमान्डेन्टले गत वर्षहरूमा एसएसबी ५३औँ बाहिनीले सम्पन्न गरेको नागरिक कल्याण कार्यक्रम स्वास्थ्य शिविर आदिको प्रतिवेदन पनि उपस्थित सेना जवान र अतिथिहरू समक्ष प्रस्तुत गरिएको थियो।

Leave a comment