अत्यचारी भाजपाको सत्ता अन्त गरिनु पर्ने मुख्यमन्त्री ममता ब्यानर्जीको अपिल

भाजपालाई एउटा भोट पनि नदिने मुख्यमन्त्रीकाे आह्वान

कालचिनीः बङ्गालको खटिखाने सर्वसाधारणको सयदिने कामको वेतन अडकाउने बङ्गालमा साम्प्रदायिक सद्भाव समाप्त गर्न लागिपरेका भाजपालाई एउटा भोट पनि नदिने आह्वान शुक्रबार मुख्यमन्त्री ममता ब्यानर्जीले कोचबिहार जिल्लाको दिनहाटा र अलिपुरद्वार जिल्लाको कालचिनी खण्ड अन्तर्गत पर्ने निमती दोमोहनीमा गरेकी छन्। दिनहाटाको चुनावी जनसभा सकेर सोझै हेलिकप्टर मार्फत निमती दोमोहनीमा ओर्लिएकी मुख्यमन्त्री ममता ब्यानर्जीले विशाल जनसभालाई आह्वान गर्दै सोझै भाजपामाथि बर्सिएकी थिईन्। तिनले आफूहरूलाई चोर बताउने केन्द्र सरकारले पहिला आफ्नो सत्तामा रहेको चोरहरूलाई पक्राउ गरेर देखाउने चुनौति दिइन्। बङ्गाल र बङ्गालको जनताको हक र अधिकारको निम्ति आफू जेल जान तयार रहेको तर भाजपा र मोदी सरकारसँग रत्तिभर नझुक्ने हुँकार गरिन्। तिनले गरीब जनताको लागि केस खान परे हजारवटा केस खान पनि आफू तयार रहेको वार्ता दिइन्।
यूनिफर्म सिभिल कोड लगाएर देशलाई जाति सम्प्रदायमा युद्ध लगाउन भाजपाले प्रयास चलाइरहेको र बङ्गालमा आफू रहुन्जेल यसो गर्न नदिने पनि धाक दिइन्।
चियाबारीको निम्ति जमीनको पट्टा र आवासको १ लाख २० हजार दिएको तर विगत २०१९ सालमा मोदीले चियाबारी अधिग्रहण गर्ने भनेको १५ लाख दिन्छु भनेको आजसम्म कतै नदिएको र केवल झुटो आश्वासन दिएर भोट फकाउने काम मात्र भाजपाले गरेको भन्दै भाजपाले जातिय दंगा फसाद लगाउन खोज्ने तर यसको पछाडी कोही नजाने आह्वान गरिन्। सम्बोधनको अन्तमा मुख्यमन्त्री ममता ब्यानर्जीले मन्चमा उपस्थित रहेको राभा र बोडो जनजातिका लोक सांस्कृतिक कलाकार महिलाहरूको हात समाएर नृत्य पनि गरेकी थिइन्। मुख्यमन्त्रीको आगमन अघि चुनावी जनसभालाई तृणमूल नेताहरू गङ्गाप्रसाद शर्मा, बिरेन्द्र बारा उराँव, मृदुल गोस्वामी, डा. सौरभ चक्रवर्ती, विधायक सुमन काञ्जीलाल लगायत प्रार्थी प्रकास चीक बडाईकले पनि दिदीको विकास मड्युललाई अघि राखेर भाजपालाई हटाउन तृणमूललाई भोट दिने आह्वान गरेको थियो।

याे पनि हेर्नुस्

Amazon

Wireless Microphone

GRENARO Wireless Microphone with Charging Case, S9 Dual-Version Lapel Mic for iPhone/Android/PC/Laptop, One-Click Noise Cancellation Wireless Mic for Youtubers, 98FT Range 24H Battery Life(2TX+2RX)

Buy Now

Leave a comment