हिल प्लान्टेसन एमप्लोयिज युनियनले गऱ्यो मई दिवसको पालन

सिलगढीः आज मई दिवसको उपलक्ष्यमा हिल प्लान्टेशन एमप्लोयिज युनियनले मई दिवस पालन गरेको छ। सन् १८८६ मा चिकागो शहरको हे मार्केटमा ८ घण्टे कामको मागमा श्रमिक आन्दोलन भएको थियो। त्यस आन्दोलनमा मालिक साथै पुँजीवादी सत्ताले ८ जना श्रमिकहरूको निर्मम हत्या गरेको थियो। ती शहीद श्रमिकहरूको बलिदानलाई सम्झिँदै आज मई दिवस पालन गरेको हो।
एचपीइयू यूनियन सार्वजनिक भएको एक वर्ष पुगेको उपलक्षमा विगतको दिनहरूमा काम गरेको विषयहरूलाई पनि प्रकाशमा ल्याएको थियो। उक्त कार्यक्रम दार्जीलिङको मार्गरेटस् होप चिया कमानमा भएको थियो भने नजिकैको रिङटोङ कमान अनि बालासन कमानबाट पनि युनियन सदस्यहरू कार्यक्रममा सामेल भएका थिए। अर्कोतिर कालेबुङ जिल्ला अन्तर्गत अम्बियोक चिया कमानमा पनि युनियनले मई दिवसलाई केन्द्रित गरेर फ्याक्ट्री परिसरमा श्रमिकहरूको उपस्थितिमा कार्यक्रम सम्पन्न गऱ्यो।
दार्जीलिङ, कालेबुङ, तराई अनि डुवर्सका चिया कमानहरूमा विस्तारै मजदुर अधिकार विलीन भएर गएको कुरालाई विशेष ध्यानमा राखेर वक्ताहरूले आफ्नु विचार राखे भने सर्व भारतीय स्थरमा श्रमिक विरोधी घातक श्रम कानुनहरू लागु भइरहेको कुरा पनि वक्ताहरूले प्रकाश पारे।

मार्गरेटस् होप चिया कमानबाट शाखा सभापति प्रभा तामाङ, सचिव उषा राईले आफ्नो वक्तव्यमा श्रमिक एकताको खाँचो अनि महत्वबारे विशेष ध्यान आकर्षण गराए। बालासन कमानबाट युनियनका सदस्य गीता तामाङले श्रमिकहरूको पक्षमा उभिने युनियनले मात्र श्रमिकको हितमा काम गर्न सक्ने कुरालाई जोड दिए। रिङटोङ चिया कमानबाट सभापति सुधा तामाङ अनि सचिव रुबिना राईले विगतको एक वर्षमा युनियनले गरेको काम बारे प्रकाश परेका थिए। बारम्बार मालिक म्यानेजरले श्रमिकहरूलाई ढाँट्दै केवल आश्वासन मात्र दिने काम गरेको यथार्थ पनि उक्त मिटिङमा बारम्बार गुञ्जियो भने उक्त सभा सुमित देवानले सञ्चालन गऱ्यो।
हिल प्लान्टेशन् एमप्लोयिज युनियनको केन्द्रीय समितिका सह सचिव सूमेन्द्र तामाङ, उप सभापति छेवाङ योन्जन अनि सल्लाहकार समिक चक्रवर्तीले पनि मई दिवसको इतिहास अनि वर्तमान समयमा श्रमिकवर्ग माथि बढ्दो शोषण बारे विशेष ध्यान आकर्षण गर्दै आफ्नु वक्तव्य श्रमिकहरूबिच पेश गरे। विभिन्न जनवादी गीत साथै रिङटोङ कमान बाट नानी सुहाङमा सुब्बाले आफ्नु नृत्य प्रस्तुत गरेका थिए। अर्को तिर कालेबुङ जिल्लाको अम्बियोक चिया कमानमा केन्द्रीय सल्लाहकार नारायण काफ्ले अनि कानुनी सल्लाहकार अनुपा तामाङले पनि बढ्दो श्रमिक शोषण अनि मई दिवसको महत्व बारे वक्तव्य राखेका थिए।

आजको कार्यक्रमलाई सम्बोधन गर्दै सचिव सुमेन्द्र तामाङले भने “रातो झण्डा कुनै राजनैतिक पार्टीको पेवा नभएर खटिखाने श्रमिक वर्गको संघर्षको प्रतीक हो अनि यस विरासतलाई आजको दिनमा श्रमिकहरूले भुल्न हुँदैन। आउँदो दिनमा युनियनले श्रमिकको पक्षमा सधैँ उभिएर अघि बढ्नेछ।”

याे पनि हेर्नुस्

Amazon

Coffee Face Pack for Glowing Skin

mCaffeine Exfoliating Coffee Face Pack for Glowing Skin | Face Mask with Natural AHA for All Skin Types | Removes Blackheads, Whiteheads & Dirt (100gm)

Buy Now

Leave a comment