मई दिवस पालन

कालचिनीः बुधबार अन्तर्राष्ट्रिय श्रमिक दिवस अर्थात मई दिवस पालन गर्ने क्रममा कालचिनीस्थित आरएसपी कार्यालय अनि डिमा चियाबारीमा आरएसपीको पक्षबाट मई दिवस पालन गरिएको जानकारी आरएसपी नेता पूर्णमान राईले दिएका छन्। उक्त अवसरमा वरिष्ठ यूटीयूसी राज्य नेता निर्मल दासको उपस्थिति रहेको थियो। डिमा आउट र चिन्चुला आउट डिभिजनको संयुक्त आयोजनामा आरएसपीको झण्डा उत्तोलन गर्दै मई दिवस पालन गरिएको आरएसपी नेता पूर्णमान राईले थप जनाएका छन्।
आरएसपीका पूर्व अलिपुरद्वार विधायक तथा यूटीयूसी राज्य नेता निर्मल दासले एक समय आरएसपीको गढ मानिने कालचिनीमा मई दिवस भव्य पालन हुने गरेको बताउँदै वर्तमान परिस्थितिमा आरएसपी शक्तिशाली नभए तापनि अझै पनि आरएसपी गर्दै आइरहेको कमान बस्तीका कमरेडहरूले आरएसपी नछोडेको र मई दिवस पालन गर्न सक्रियता देखाएको जनाएका छन्।
तिनले वर्तमान समयमा पुँजीवादी केन्द्र अनि राज्य सरकारले श्रमिकहरूको केही काम नगरेको र भ्रष्टाचारले व्याप्त सरकारले देश र राज्यको अर्थ सामाजिक अवस्था दयनीय बनाउँदै लगेको बताउँदै केन्द्र र राज्य दुवै सरकार विरुद्ध खटिखाने वर्ग एकजुट भएर आन्दोलन गर्नुपर्ने आह्वान पनि गरेका छन्।

याे पनि हेर्नुस्

Amazon

Plum Green Tea Oil

Plum Green Tea Oil-Free Moisturizer For Face

Leave a comment