प्यासेन्जर एक्सप्रेस चालू गर्नु पर्ने दाबी

कालचिनीः विगत २०२० सालको कोरोनाकाल भनौँ ४ सालदेखि बन्द राखिएको अलिपुरद्वार जङ्कसनदेखि सिलगढी जङ्कसनसम्म चल्ने प्यासेन्जर एक्सप्रेस १५४६७/६८ रेल पुनः चालू गरिनु पर्ने दाबी गर्दै तृणमूल कालचिनी ब्लक सभापति असिम पाख्रिनले अलिपुरद्वार डीआरएम समक्ष एउटा ज्ञापन चढाएको छ।


यस सम्बन्धमा बिहीवार कालचिनीस्थित तृणमूल कार्यालयमा पत्रकार सम्मेलन गर्दै असिम पाख्रिनले कोरोनाकाल साम्य भइसक्दा पनि उक्त प्यासेन्जर एक्सप्रेस नचल्नाले डुवर्सको साधारण मानिसदेखि व्यावसायीहरू मर्कामा परेको बताएको छ। तिनले पत्रकार सम्मेलनमा अलिपुरद्वार जङ्कसनदेखि सिलगढी जङ्कसनसम्म नियमित चल्दै आइरहेको प्यासेन्जर एक्सप्रेस १५४६७/६८ रेल परिसेवा बन्द भएको ४ साल हुन गइरहेको र हाल लकडाउन सबै फिर्ता भएर पनि देशको सबै रेलहरू सामान्य गुडिरहँदा पनि डुवर्सको साधारण मानिसदेखि व्यावसायीहरूको भर रहेको प्यासेन्जर एक्सप्रेस नचल्नु र यसको निम्ति पूर्व सांसद मन्त्री जोन बारलाले यसको निम्ति केही नगर्नु दुर्भाग्यपूर्ण बताए। आगामी दिनमा यदि प्यासेन्जर एक्सप्रेस चालू गर्न रेलवेले उदासिनता देखाए तृणमूलको पक्षबाट वृहत आन्दोलन गरिने ब्लक सभापति असिम पाख्रिनले जनाएका छन्।

याे पनि हेर्नुस्

Leave a comment