डिमा चियाकमानमा सुखाको कारण शुक्रबार काम बन्द

डिमा चियाकमानमा सुखाको कारण शुक्रबार काम बन्द

कालचिनी: डुवर्सको चियाकमानहरूमा यहाँ कार्यरत श्रमिकहरूले जताबाट पनि क्षतिको सामना गर्नु पर्ने स्थितिको सृजना भइरहेकोबिच कालचिनी खण्डको डिमा चियाबारीमा शुक्रबार काम नै बन्द राखिएको छ।
काम किन बन्द राखियो भन्ने सुन्दर्भमा कमानको प्रबन्धनपक्षले कार्यरत ट्रेड यूनियनहरूलाई यसको सूचना जारी गरिसकेको बताएको छ।
कमानमा जुन परिमाणमा पत्ती उत्पादन हुन पर्ने त्यो नभएको र कमानले सुखाको सामना गर्न परिरहेकोले नै मानसून शुरु नहुन्जेल सप्ताहमा एक दिन काम बन्द राखिने निर्णय कमान प्रबन्धनपक्षले लिएको बताइएको छ।
तर कमान प्रबन्धनपक्षको यो निर्णयले श्रमिकहरू मर्कामा पर्ने महिला श्रमिकहरूको भनाई रहेको छ।
यस सम्बन्धमा डिमा चियाबारीको टीसीबीएसयू यूनिट सभापति शिवराम नाइकले कमान प्रबन्धनपक्षले हाल सुखा मौसमको कारण पत्ती उत्पादनमा ह्वास आएकोले सप्ताहमा एक दिन काम बन्द राखिने सूचना जारी गरेको तर यसको प्रभाव श्रमिकहरूको बोनस र पीएफ ग्रेच्युटीमा नपर्ने आश्वासन दिएको जनाएका छन्।


यसमा धेरै श्रमिकहरू असन्तुष्ट रहेता पनि प्रबन्धनपक्षको कुरालाई एकपल्टको लागि राखेको जनाएका छन्।
अर्कोतिर कमानका महिला श्रमिक नेतृहरूले शुक्रबार कमान बन्द राख्नेबारेमा कुनै जानकारी नपाएको र यसको निम्ति अगावै गेटसभा तय हुन पर्ने तर यसो नगरिएको जनाएका छन्।
महिला श्रमिक सुनिता भुजेल र मनिका भुजेलले एक दिनको काम बन्दले रोजमा धेरै फरक पर्ने र यसको परिपूर्ति कमान प्रबन्धनपक्षले कसरी गर्ने हो केही थाह पत्तो नभएको बताएकी छन्।
कमानका महिला श्रमिकहरू चाँदनी नाइक र रञ्जिता नाइकले शुक्रबार काम नहुने जानकारी बिहान मात्र पाएको किन काम बन्द राखिएको यसको पुरा जानकारी भने आफूहरूलाई नभएको बताइन्।
यस सम्बन्धमा कमानको सिनियर म्यानेजरसित सम्पर्क साध्न खोज्दा कुनै उचित जवाफ नपाएता पनि कमानबाट जारी सूचनामा सबै उल्लेख गरिएको प्रबन्धन सुत्रले जनाएका छन्।


कमान प्रबन्धनपक्षबाट प्राप्त जानकारीअनुसार, मई महीनामा पहिला पत्ती २० देखि २५ हजार किलोग्रामसम्म टिपाइ हुने गरेको तर अहिले सुखा लागेकोले चियापत्ती मुश्किलले ८ हजार किलोग्राम सङ्कलन भइरहेकोले यसरी पत्ती नरहेपछि पत्ती नआउन्जेल सप्ताहमा एक दिन काम बन्द राखिने निर्णय कमानको ट्रेड यूनियन नेताहरूलाई बुझाएर गरिएको हो।
यद्यपि श्रमिकहरूले यसलाई कति दिनसम्म मान्यता देलान् यसको कुनै ग्यारन्टी पनि नरहेको बुझाई देखा परेका छन्।

याे पनि हेर्नुस्

Amazon

Samsung Galaxy S24 Ultra 5G Smartphone

Samsung Galaxy S24 Ultra 5G AI Smartphone (Titanium Black, 12GB, 256GB Storage)

Buy Now

Leave a comment